
बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको अवसर आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाल काठमाडौंले जितेको छ । मंगलबार बिहान भएको फाईनल खेलमा छन्त्याल कन्ट्रक्सन बागलुङलाई पन्छाउँदै हेल्प नेपालले उपाधि प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक भए पनि हेल्प नेपालले कुनै पनि सेट छन्त्याल कन्ट्रक्सनको पक्षमा जान दिएन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको लिईएको प्रतियोगितामा ३—० को सोझो सेटको विजयसंगै हेल्प नेपालले उपाधि जितेको चैत्राष्टमी मेला मुल आयोजक समितिका संयोजक राजु खड्काले बताए ।
बिजयी टिमले नगद एक लाख ५० हजार पुरस्कार र ट्रफि जितेको छ । उपाधि जिताउनका लागि निकै महत्वपूर्ण भूमिखा खेलेका बिजयी टिमका अमृत केसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । नजिता हेल्प नेपाललाई सुम्पिएपछि उपविजेतामा चित्त बुझाएको छन्त्याल कन्ट्रक्सनले नगद १ लाखमा चित्त बुझाएको छ । मंगलबारै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाको खेल जित्दै कालिगण्डकी रिसोर्ट पर्वतले नगद ५० हाजर पुरस्कार जित्यो ।
बागलुङ कालिका भगवती गुठी चैत्राष्टमी मेला व्यवस्थापन समितिको आयोजनामा प्रतियोगितामा कालिगण्डकी निकै घम्साघम्सीपूर्ण खेलमा काठेखोला गाउँपालिका—२ भीमापोखरालाई ३—२ को सेटमा पराजित गर्दै तेस्रो स्थान पाएको हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पछि परेर उपाधि जित्नबाट चुकेको भिमापोखरालाई अनुसासित टिमको उपाधिले सम्मानित गरिएको छ । भएको प्रतियोगितामा १२ समूहको सहभागी थिए ।