२५ असार २०८२, बुधबार

 

बैंकहरु नाफा मुखि भन्दा सेवा मुखि बन्नुपर्छ -मेरसिंह पाईजा

नाफा मुखि भन्दा सेवा मुखि बन्न वडिगाड गाउपालिकाका अध्यक्ष मेरसिंह पाईजाले बैंक सञ्चालकहरुलाई आग्रह गरेका छन । प्रभु बैंक लिमिटेड साखा कार्यालय बडिगाडको उदघाटन गर्दै पाईजाले ग्रामिण क्षेत्रमा स्थापित बैंकहरुले नाफा कमाउन तर्फ भन्दा पनि स्थानियहरुलाई सेवा प्रवाहका लागी बिशेष जोड दिनुपर्ने बताए ।

पहिलो पटक बडिगाड गाउपालिकामा प्रभु बैंकले शाखा स्थापना गर्नु आफैमा प्रसंसनिय कार्य भएको भन्दै पाईजाले बैंकमा आउने सेवाग्राहिलाई नम्र बोलि र असल ब्यवहार गरि सेवा प्रदान गर्न बैंकका कर्मचारीलाई आग्रह गरेका छन ।उनले प्रभु बैंकलाई दिगो, निरन्तरता र चलायमान बनाउन स्थानियहरुले बित्तिय क्षेत्रमा बचत, कर्जा लगानी गरि साथ दिनुपर्ने बताए ।
प्रभु बैंक लिमिटेडले आफनो सेवा संगै ग्रामिण तहका जनतालाई सहजरुपले बैंकिङ क्षेत्रमा जोड्नका निम्ती हालसम्म देशैभर १ सय ४० साखाबाट सेवा दिईरहेको अस्थामा आज जिल्लाको वडिगाड गांउपालीकामा १ सय ४१ औं सेवाकेन्द्रको रुपमा शाखा बिस्तार गरेको छ ।
बुर्तिबाङमा समेत द्धन्दकालपछि पहिलो बैंकको रुपमा स्थापित उतm संस्थाले बाग्लुङको गल्कोट, बाग्लुङ र बुर्तिबाङ सहित ३ सेवा केन्द्रबाट जनतालाई सुबिधा दिईरहेको अबस्थामा स्थानीय तह पुनरसम्रचना संगै जिल्लाको तमानखोला, निसिखोला, वडिगाड गांउपालीका, बरेङ गांउपालीका र ताराखोला गांउपालीकाबाट समेत सेवा बिस्तार गरी आगामि बैसाख मसान्त सम्म जिल्लाका ८ वटा सेवा केन्द्रबाट सुबिधा दिईने बताईएको हो ।
कार्यक्रमका अध्यक्ष एवम प्रभु बैंकका प्रतिनीधि छितिज बहादुर शेरचनले बैंकको तर्फबाट बोल्दै प्रभु बैंक बिसुद्ध नाफा कमाउने उद्देश्य मात्र नभई जनताको सेवा र सुबिधा संगै अगाडि बढिरहेको बताउदै हालसम्म १ सय ४१ साखा भएको अबस्थामा अबको एक बर्षभित्र देशभर १ सय ८० साखा कार्यालय रहने बताउदै हालसम्म ९ वटा ब्रान्चलेस शाखा, देशभर १ सय २१ एटिएम नेटवर्क सञ्चालनमा रहेको बताए भयो ।
त्यस्तै कार्यक्रममा बैंकका सेयर सदस्य एवम बुर्तिबाङका बरिष्ट ब्यबसायि ढालेन्द्र छन्त्याल, ईलाका प्रसाशन प्रमुख जनक थापा, उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung