सरकारले यातायात क्षेत्रमा भएको सवारी सेण्डिकेट जबर्जस्ती तोेड्न सफल भएको छ राजधानी काठमाडौ देखि अरिनिको राजमार्गमा संचालन हुने यातायात ब्यबसायीले बर्षौ देखि चलाउदै आएको यातायातको सेण्डिकेट खारेज गरिदिएपछि अहिले सो क्षेत्रमा नयाँ मयुर यातायात साझा यातायात लगायत ब्यबसायीले सेवा दिन शुरू गरेपछि आम जनताले सहज सेवा पाएका छन् ।
अरिनिको राजमार्गमा यातायात ब्यबसायीले चक्काजाम हडताल गरेर यातायात बन्द गरेपनि सरकारले कुनै संझौता नगरिकन नयाँ ब्यबसायी लाई यातायात कार्यालयले सिधै नयाँ इजाजत दिएर यातायात संचालनको अनुमति र पुरानो ब्यबसायी लाई आफ्नो ब्यबसाय संचालन नगरे रूट परमिट खारेज गरिदिने चेतावनी दिएपछि अहिले सहजै यातायात सेवाले निरन्तरता पाएको छ ।
अहिले काठमाडौ उपत्यका भित्र सबैभन्दा बढी सकस राजधानी बाट थानकोट कै यात्रा छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ तर अहिले राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाको रूपमा परिचित थानकोट सम्म जान आम यात्रुले ठूलो सास्ती ब्यहोर्नु पर्दैछ थानकोट काठमाडौ चल्ने थुप्रै बस तथा साना माइक्रोबस चलेको पनि देखिन्छ तर पनि यात्रुले सहजै बस चढ्न पाउदैनन् जसरी किर्तेिपुर लगायतका ठाउँ जति सहजै बस यात्रुले पाउछन् त्यो अनुपातमा थानकोटको लागि काठमाडौ पुरानो बसपार्कमा जादा समेत बस पाउन मुश्किल छ ।कलंकी बाट यात्रुले बस चढ्न ठुलो युद्ध जित्नु पर्छ अलिकति बल नहुने मान्छेले २ ४ घण्टा कलंकीमा बस कुर्नु पर्छ अबस्था यस्तो छ जनताले भाडा तिर्दा समेत सहजै यात्रा गर्न पाउदैनन् ।देशमा नेपाली जनताको सरकार चलेको छ भन्ने सुनिन्छ सडक सरकारले लगानी गरेर बनाउछ तर सडकमा सरकारको हैन यातायात ब्यबसायीको दादागिरी चल्छ गुण्डागर्दि चल्छ सरकार तमासे बन्छ यात्रु पुरानो बसमा सिन्की कोचिएर यात्रा गर्नुपर्छ सायदै यसैलाई हामीले गणतन्त्र नयाँ नेपाल भनेर गर्व गर्ने होला ।
अहिले कलंकीको सुरूङ मार्गको कारणले यातायात असहज भएको हैन यातायात ब्यबसायीको सेण्डिकेट कै कारणले सहज सेवा नपुगेको हो भन्ने कुरा स्पष्ट भइसकेको छ दिनहुँ रूपमा थानकोट देखि राजधानी काठमाडौ सम्म जागिर खान जाने कर्मचारीहरू स्कुल कलेज पढ्ने बिद्यार्थी देखि सर्बसाधारण दैनिकी जीवन सकस पुर्ण छ न त भनेर कसैले सुनिदिन्छ न त समस्याको समाधान नै हुन्छ ।
जनप्रतिनिधि पनि उहीँ यातायात ब्यबसायी कै कठपुतली बनेको छन् भन्दा फरक पर्दैन ।थानकोट काठमाडौ यात्रा बारे जनप्रतिनिधि लाई केही जानकारी नभएको हो त हाम्रो देशको सरकार लाई थानकोटका यातायात ब्यबसायीको दादागिरी बारे जानकारी नभएको अबश्य पनि हैन होला अहिले सरकारले जुन सााहसिक निर्णय गरेको छ त्यसलाई अब कडाइका साथ पालना गराउन जरुरी छ ।
यतिबेला सरकारको ध्यान र नयाँ सेवा दिने भनेर तयार भएको यातायात ब्यबसायीले अब तत्काल थानकोट रूटमा नयाँ सुबिधाजन्य यातायात सेवा संचालन गर्न जरुरी देखिन्छ ।
सरकारले जनतालाई निशुल्क यातायात सेवा दिनुपर्ने भनेर जनताले माग गरिरहेका छैनन् जनताले पैसा तिर्छु भन्दा समेत बस माइक्रो चढ्न पाउदैनन् सरकारले खुला बजार भन्छ तर यहाँ उहीँ पुरानो ब्यबसायी कै दबदबाब कायमै छ दादागिरी चलिरहेको छ यसलाई क्रमभंग गर्ने कोशिस जारी नभएको हैन भइरहेको नै छ तर सानो तिनो चोटले भने त्यसलाई सकिने देखिदैन अहिले जसरी अरनिको राजमार्गको एकाधिकार तोडिएको छ अब सरकारले थानकोटमा भएको समितिको दादागिरी र एकाधिकार अन्त्य गर्न सक्यो भने मात्र यश क्षेत्रका जनताले भाडा तिरेर सहज यात्रा गर्न पाउने छन् हैन भने अझै सकस कायमै रहने छ ।
एकपटक देशको सरकार मन्त्री ज्युले थानकोट यात्रा गरेर अनुभव गर्नुपर्ने देखिन्छ साच्चै जनताको लागि अहिले सरकारले केही राहत दिनुपर्ने देखिदैन मात्रै पैसा तिरेर पाउने सेवा सुबिधा लिन सक्ने बाताबरण बनाइदिए पुग्छ भनेर भनिरहेका छन् । साझा यातायात संचालन हुनुपर्छ भनेर यश क्षेत्रका जनताको माग नभएको हैन तर थानकोटका ब्यबसायीको दादागिरी कै कारणले त्यो संभब नभएको हो अब भने समस्या छैन जस्तो लाग्छ किनभने सरकारले यातायात क्षेत्रमा भएको पुरानो सेण्डिकेट भंग गरिसकेको हुदा यश क्षेत्रमा नयाँ नयाँ समिति लाई रूट इजाजत दिएर बस संचालन गराउन अब ढिलाइ गर्न हुदैन भन्ने आम जनताको माग छ ।
सडक सरकारले बनाउने तर त्यहीँ सडकमा रूट यातायात ब्यबसायीले नयाँ दर्ता भएको ब्यबसायी लाई बेच्ने जुन गलत काम अहिलेसम्म चलिरहेको थियोे त्यसको अन्त्य घोषित रूपमा हुनु लाई सकारात्मक कदम माने पनि यश लाई ब्यबहारिक रूपमा लागू गराउन प्रमुख कुरा हो अहिले जसरी सरकार कडा रूपमा प्रस्तुत भएको छ साच्चै यसरी नै हरेक क्षेत्रमा भएको गलत क्रियाकलाप लाई अन्त्य गर्दै जान सक्नुपर्छ ।
अहिले नेपालमा सानो चिया बेच्ने पसले करको दायरामा आएको छ तर बर्षमा लाखौं कारोवार गर्ने यातायात ब्यबसायीले भने एक पैसा पनि कर नतिरेको कुरा बल्ल सरकारले जानकारी पाएको छ जेहोस अहिले देशमा नयाँ अर्थ मन्त्री आएपछि देशमा आर्थिक सुधार पनि हुदै जाने लक्षण देखिन थालेको छ यसलाई सकारात्मक कदम मान्नुपर्छ ।
अरू देशमा सरकारले यातायात सेवा संचालन गरिरहेको कारण त्यहाँ दादागिरी चलेको देखिदैन साझाको सेवा यस्तै खालको यातायात सेवामा सरकारले पनि लगानी गरेर पुर्ब पश्चिम उतर दक्षिण देशको ७ वटै प्रदेशमा यातायात संचालन गर्न जरुरी देखिन्छ ।
अहिले सरकारले राजधानी भित्रको थानकोटसम्मको सडकमा जनताले सहजै यातायात चढ्न पाउने बाताबरण बनाई हाल्नुपर्छ ।


















































































































































































































