२७ भाद्र २०८३, शनिबार

 

ढोरपाटन महोत्सवको तयारी तीव्र, माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

- पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य

आगामी बैशाख १ गतेदेखि ७ गतेसम्ममा बुर्तिवाङ बजारमा हुने ढोरपाटन महोत्सवको तयार तयार– तीव्र पारिएको छ । बागलुङ उघोग वाणिज्य संघ बुर्तिबाङ इकाईले आयोजना गर्न लागेको ढोरपाटन महोत्सव २०७५ मा पाँच लाख आन्तरिक पर्यटन भित्राउने लक्ष्य राखेको अध्यक्ष चिन्तामणि शर्माले बताए । ४ करोडको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ । हालसम्म १ सय २० स्टल बुक भई सकेका छन । स्टल बुक गर्न आयोजकले १० हजारदेखि १५ हजारसम्म शुल्क तोकेको छ । पर्यटनका माध्यमबाट ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धन गर्दैै लगानी मैत्री वातावरण सिर्जना गर्न महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
ढोरपाटन नगरपालिका ,बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोलामा गाउँपालिकामा रहेको पर्यटन ,जलविद्युत ,घरेलु उघोग ,कृषि ,पशुपालन , वनपैदावार ,रेमिटान्स ,व्यापार र पूर्वाधारमा लगानी गर्न स्थानीय र बाह्य लगानीकर्ताहरूलाई आकर्षित गर्ने मुख्य उद्धेश्य लिएको छ ।
महोत्सवमा ६५ लाख खर्च हुने अनुमान गरिएको छ । एक सय जना सदस्य रहेको बुर्तिबाङ इकाईले सबैको सहयोगमा सफलता पूर्वक महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रमको उद्घाटन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन ।
ढोरपाटन नगरपालिकाको मुख्य आयोजनामा हुने महोत्सवको सह आयोजकमा बडिगाड गाउँपालिका,निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायत १५ वटा संघ सस्थाहरु रहेका छन भने विशेष सहयोगी आइएमइ ग्रुप,प्रभु गु्रप, सहयोगीमा नेपाल पर्यटन बोर्ड र नेपाल पत्रकार महासंघ बागलुङ शाखा रहेको छ ।

खेलकुद ,सांगीतिक कार्यक्रम ,कविता प्रतियोगिता, कृषि प्रर्दशनी ,हाजिरी जवाफ प्रतियोगिता,स्थानीय हस्त कला र घरेलु उत्पादनको प्रर्दशनी हुने ।स्थानीय धार्मिक तथा पर्यटकिय गन्तव्यको भमण र सास्कृतिक झाकीहरूको प्रर्दशन हुने अध्यक्ष शर्माले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung