८ कार्तिक २०८३, शनिबार

 

जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ सेवन विरुद्ध जनतेतनामुलक ¥याली सम्पन्न

जिल्ला स्थित क्रियाशिल युवाहरुको समुहले बागलुङ बजारमा शुक्रवार जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ सेवन विरुद्ध जनचेतनामूलक ¥याली सम्पन्न गरेका छन् ।

पछिल्लो क्रममा छिमेकि जिल्ला पर्वत एवम् देशका विभिन्न स्थानमा जबरजस्ती करणी (बलात्कार), महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घट्नाहरु बढ्दै गईरहेको परिपं्रेक्षलाई मध्येनजर गर्दै घट्नाहरुको न्यूनिकरण तथा सचेतना र सम्वन्धित निकायहरुलाई दबाव दिनका लागि युवाहरुले ¥याली तथा जनचेतनामुलक लगाएतका कार्यक्रमहरु आयोजना गरेको कार्यक्रम संयोजक सुमन जि.सी. ले बताए ।

जिल्ला स्थित क्रियाशिल युवाहरु, जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी मेरो साथि अभियना, विद्यालय, क्याम्पस र कलेजका विद्यार्थिहरुको सहभागिता रहेको ¥याली कायक्रम लोक्तान्त्रीक चोकबाट विहाना ८ बजेबाट सुरुवात भई बजार परिक्रम गरि पुन लोक्तान्त्रीक चोकमा पुगि समापन भएको थियो ।

समापनका क्रममा धौलागिरी बहुमुखि क्याम्पसका स्ववियु सचिव विष्णु पौडेल, युवा विद्यार्थिको तर्फवाट धौलागिरी बहुमुखी क्याम्पसका पुष्पा रेग्मीले देशमा भईरहेका अपराधिक गतिविधिहरुले गर्दा कति बेला, कहाँ र को अपराधीको चपेटामा पर्ने हो त्यसको अनुमान नै गर्न नसकिने भन्दै यस्ता घट्नाहरुको विरुद्ध सम्पूर्ण युवाहरु एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

¥याली कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक सुमन जि.सी.ले सामूहिक बलात्कार, बालिका बलात्कार, बलात्कारपछि हत्या, घरका अभिभावक, गुरू र आफन्तजनबाटै बलात्कारजस्ता मानव सभ्यतामाथि नै खिल्ली उडाउने खालका घटना एकपछि अर्को गरी श्रृंखलाबद्ध रुपमा हुनुले पछिल्लो समय आपराधिक गतिविधिले सीमा नाघेको आभास हुन थालेको र सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको बताएका थिए । नेपालकै प्रमुख समस्याका रुपमा देखिएको बलात्कार, महिला हिंसा तथा लागुपर्दाथ बेचविखन र सेवनका घटना न्यूनीकरण गर्न प्रत्येक घरबाटै अभियान सञ्चालन गर्नु आवश्यक रहेको जि.सीको भनाई थियो ।
सोही अवसरमा देशका विभिन्न ठाउँमा भएका यस्ता घट्नाहरुमा पिडित भएकाहरुलाई क्षतीपुर्ति र पिडितको पक्षमा शिघ्र फैसला सरकारी पक्षबाट छिटो भन्दा छिटो होस र बलात्कार, महिला हिंसा र लागुपदार्थ बेचविखन विरुद्ध कडा भन्दा कडा कानुन सरकारलाई बनाउनका लागि सम्पूर्ण वागलुङ वासी युवाहरु तर्फवा संयोजक जि.सीले माग गरेका थिए ।
करिब २ सय जनाको सहभागिता रहेको ¥याली कार्यक्रमको समापन सत्रको सञ्चालन धौलागिरी बहुमुखी क्याम्पसका युवा विद्यार्थि नेता रामचन्द्र गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung