ताराखाेला गाउँ पालिका ४ बिसाैनाका २ बालक बाबा अामा विहिन बनेका छन् विवेक विक र विनाेद विक , उनका बाबा ८ बर्ष पहिले राेजगारकाे शिलशिलामा भारत गई घरपरिवारसंग सम्पर्क विहिन भएका हुन । अाठ बर्ष वितिसक्दा पनि श्रिमानकाे कुनै सम्पर्क नपाएपछि श्रीमती पनि १ बर्ष यता घर छाेडेर गइन त्यस पछि ती २ नावालक बाबा अामाकाे अाश्रय पाएनन् । उनिहरु अाफ्नै माहिलो काकाकाे संरक्षणमा बस्दै अाएका छन् ।
यसरी अाफ्नाे बाबा अामाकाे संरक्षण नपाएका बालकलाई ताराखाेला गाउपालिका वडा ४ नेपाल माघ्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,एवम् माअाेवादि केन्द्रका युवा नेता दिवश खत्रीकाे पहलमा १ बालकलाई पुर्ण छात्रवृत्ति र १ बालकलाई दिवस खत्रीले व्यक्तिगत रुपमा बालककाे शैक्षिक खर्च कापी किताब कलम विद्यालय पाेसाक खर्च १ बर्षकाे लागि बेहाेरि दिने गरि नेपाल माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना गरिदिएकाे विद्यालयका शिक्षक विवेक परियारले जानकारी दिए।
दिवस खत्री भन्छन् १ बर्ष सम्म तत्कालीन समस्या समधानकाे लागि अाफुले शैक्षिक खर्च व्यवस्था गरिदिने । त्यसपछि घर परिवारकाे संरक्षणकाे बलियो बनाईदिन पहल गर्ने बताए । उनले भने अाफु विद्यार्थि नेता तथा उत्त विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भएकाले ती २ बालकलाई जुनकुनै प्रयासबाट भएपछनि शैक्षिक अवसरबाट वन्चित हुन नदिने गरि काम गर्ने बताए । हाल विवेक र बानाेद अाफ्नाे काकाकाे घरमा बस्दै आएका छन् ।



















































































































































































































