२६ असार २०८२, बिहीबार

 

एमाले नेतृ भण्डारीद्धारा महेन्द्र माविका विद्यार्थीलाई टिफिन सहयोग

एमाले नेतृ तथा व्यवसायी रत्ना भन्डारीले महेन्द्र माद्यामिक विद्यालय गल्कोट नगरपालिका २ नरेठाटिका विद्यार्थीहरुलाई टिफिन सहयोग गर्नु भएको छ । न्यु गलकोट होटल बाग्लुङकी संचालक तथा नेकपा एमाले जिल्ला सदस्य भण्डारीले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत ७० जना विद्यार्थीहरुलाइ टिफिन सेट प्रदान गर्नु भएको छ । ३५ हजारको टिफिन विद्यार्थीहरु विहिवार एक कार्यक्रमका विच वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा बोल्दै सहयोगदाता रत्ना भण्डारीले साना नानीबाबुहरुको स्वास्थ्य लाई मध्यनजर गरि खाजा ब्यबस्थापनको लागि टिफिन सहयोग गरेको बताउनुभयो । भन्डारिले असहय विद्यार्थीलाई सहयोग समेत गर्ने प्रतिबद्धताका साथ त्यस्ता विद्यार्थीको तथ्यांक दिन विद्यालयलाई आग्रह गर्नुभएको थियो । सबैको सानो सानो सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापन को लागि टेवा पुग्ने भन्दै आफू सक्दो सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुल बहादुर केसीले विद्यालय भौतिक रुपामा सम्पन्न भएकोले अब शैक्षिक विकासमा जोड दिने बताउनु भएको थियो । कार्यक्रममा शिक्षक गोबिन्द पुनले धन्यवाद मन्तव्य ख्नु भएको थियोे । कार्यक्रम शिक्षक हिरा श्रीसको स्वागत र दोर्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung