२८ बैशाख २०८१, शुक्रबार

 

बेरोजगार युवायुवतीहरुलाई आवश्यकता र पहिचानका आधारमा तालिमहरु प्रदान गछौँ ।

व्यवसाय सिप विकास तालिम केन्द्र पर्वतले विभिन्न क्षेत्रमा तालिमहरु प्रदान गदै आएको छ । केन्द्रले धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका विभिन्न भौगोलिक क्षेत्रमा काम गदै आएको छ । केन्द्रले जस्तै कम्प्युटर, केश सिङ्गर, हावस वारिङ्ग, सिलाई कटाइ, पलमविङ्ग यस्ता विभिन्न किसिमका क्षेत्रहरुमा सिप मुलक तालिम सञ्चालन गदै आएको छ । देश संघियतामा गईसकेपनि यसको भावी रणनिति र यस केन्द्रले प्रदान गर्ने सेवाहरु कस्तो किसिमको हुन्छन । अव केन्द्रले भावी दिनमा कसरी काम गर्छ भन्ने विषयमा हाम्रा सहकर्मी साजन परियारले व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पर्वतका प्रमुख किरणचन्द्र सुवेदीसँग गरेको विषेश कुराकानी ।

व्यवसायिक सिप विकास तालिम केन्द्रले के–के काम गर्छ ?

हाम्रो कार्यालयको नामले पनि धेरैलाई थाहा छ कि हामी व्यवसायिक र सीपमा आधारित तालिम सञ्चालन गर्ने गछौँ । मुख्य त यसको काम भनेको नै सिपमुलक तालिम सञ्चालन गर्नु हो । यसले विभिन्न क्षेत्रमा जस्तो कम्प्युटर, केश सिङ्गर, हावस वारिङ्ग, सिलाई कटाइ, पल्वम्विङ्ग जस्ता सीपमुलक तालिम विभिन्न क्षेत्रहरुमा सञ्चालन गदै आएको छ । त्यसै गरि तालिम केन्द्र सँगै एउटा रोजगार सुचना केन्द्र पनि रहेको छ । यो हाम्रो अञ्चल स्तरिय कार्यालय हो । यसले पनि यो क्षेत्रमा रहेका बेरोजगारहरुको लगत संकलन गर्ने, रोजगार सम्वन्धी सूचना प्रवाह गर्ने । रोजगारदाताहरुले आफुलाई चाहिने दक्ष जनशक्ति माग गरेको खण्डमा उहाँहरुलाई दक्ष जनशक्तिहरु हाम्रो कार्यालयमा उपलव्ध भएसम्म उहाँहरुलाई सिफरिस गर्नेसम्मका काम गर्छ । मुख्यता ः बेरोजगार युवायुवतीहरुलाई रोजगार बनाउन विभिन्न क्षेत्रमा उनीहरुको आवश्यकता र पहिचानका आधारमा तालिमहरु प्रदान गछौँ ।

अहिले कस्ता खालका तालिम तथा कार्यक्रमहरु गदै छ यो केन्द्रले ?

अहिले विशेषत हाम्रो आर्थिक बर्ष २०७४÷७५ मा स्वीकृत बार्षिक कार्यक्रम अनुसार नै तालिम÷कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । त्यसमा दुई प्रकारका तालिम छन् । विशेष गरि हामी दिर्घकालिन र अल्पकालिन तालिम भन्छौ । दिर्घकालिन भन्नाले ३ महिनादेखी ६ महिनासम्म तालिम कार्यक्रम सञ्चालन भईरहेका छन् । त्यसै गरि अल्पकालिन तालिम अन्र्तगत १ महिना सम्मका तालिमहरु सञ्चालन भईरहेका छन् । यसमा दिर्घकालिन तालिम भित्र कम्प्युटर, केश श्रृंगार, सिलाई कटाई जस्ता सात वटा विषयमा हामीले ३ महिना देखी ६ महिनासम्म तालिमहरु सञ्चालन गदै आएका छौ । यसमा कम्प्युटर ३ महिनादेखी ६ महिना चल्छ । त्यसैगरि मोटारसाईकल मर्मत तालिम ६ महिनासम्म चल्छ । त्यस्तै अरु तालिम÷कार्यक्रमहरु ३ महिना चल्छन् । छोटा अवधिका तालिम भनेको जसलाई हामीले अल्पकालिन तालिम कार्यक्रम भनेर नामकरण गरेका छौ । ति तालिम पनि विशेषता यहि धौलागिरीका विभिन्न भौगलिक स्थानमा संचालन भईरहेका छन् ।

पर्वतका यूवायूवतीहरुमा कस्तो खालका तालिमको माग हुने गरेको छ?

हामीले दुई प्रकारले तालिम सञ्चालन गर्छाै । मागका आधारमा हामीले अल्पकालिन तालिम सञ्चालन गछौ । आ–आफ्ना क्षेत्रमा स्थानीय चाहेको, आफुलाई कस्तो किसिमको तालिम आवश्यकता परेको छ । उहाँहरुले त्यही अनुसारको तालिमको माग गर्नुहुन्छ । कस्ता खालका भन्दा पनि सानो लगानीले धेरै आम्दानी दिने व्यवसाय चलाउन यूवाहरुको आकर्षण देखिनछ । त्यहि भएर त्यस्तै तालिमको माग हुने गरेको छ । यो चाँही मागको आधारमा भयो । दिर्घकालिन तालिम चाँही हाम्रो माथीवाट नै स्कीकृत भएर आएको हुन्छ । ति कार्यक्रमहरु हामीले विभिन्न क्षेत्रमा चलाउने गछौ । त्यसैले हाम्रो दुई प्रकारले तालिम सञ्चालन हुन्छ ।यूवाहरुको मागलाई सबै हामीले सम्बोधन गर्न सकेका छैनौँ । हामी संग सिमित वजेट हुन्छ । सरकारले पनि सिमित कार्यक्रमको अख्तियारी दिने गरेको छ । त्यसैले जे छ त्यसैमा चित्त वुझाउनु परेको छ ।

संघियता कार्यान्वयन संगै व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको संरचना कस्तो हुन्छ?

अहिले यो संघियता कार्यान्वयन भएसँगै जिल्लास्तरमा रहेका कार्यालय के हुने भन्ने खालको एउटा जनचासोको विषय रहेको छ । हाम्रो सिप विकास तालिम केन्द्र यो आर्थिक बर्षसम्मका लागि स्थानीय तहमा जाने वा प्रदेशमा जाने भन्ने विषयमा कुनै कुरा भएको छैन । त्यसैले यो जिल्लामा नै रहन्छ । अर्को बर्षसम्म पनि यो जिल्लामा नै रहन्छ भन्दा फरक पदैन होला । अहिले सरकारले पनि बेरोजगारीहरुको दर घटाउने, रोजगारीको अवसर सृजना गर्ने, नागरिकहरुलाई दक्ष बनाउने खालकोे नीति ल्याएका कारण यस्ता सिप मुलक तालिम सञ्चालन गर्ने तालिम केन्द्रको त झन आवश्यकता प¥यो । त्यसैले यो तालिम केन्द्र स्थानीय तहमा जादैन । तर अहिले भईरहेको स्वरुप चाँही केही परिर्वतन हुनसक्छ । जस्तो प्रदेश अन्र्तगत पनि जानसक्छ । केही समयका लागि संघले नै तानेर पछाडी विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने गरी कार्यालय स्थापना गर्न पनि सक्छ । यसरी स्थानीय तहमा जाँदैन भनिरहँदा कहिलेकाँही कस्तो हुँदो रैछ भने संघियता विरोधी कुरा ग¥यो कि भन्ने हुन्छ । यो संघियताको विरोध होईन । यो तालिम केन्द्र प्रत्येक स्थानीय तहमा गएर सञ्चालन गर्न अल्ली असम्थ्र्य हुन्छ । तर यसरी विभिजनको रुपमा रहेर विभिन्न नगरपालिका र गाउँपालिको समन्वयमा रहेर तालिम सञ्चालन गर्न सके व्यवथित हुने थियो । अहिलेसम्म हामीलाई प्राप्त भएको जानकारी अनुसार केन्द्र संघ अन्र्तगत रहन्छ । स्थानीय तहमा जाँदैन होला ।

स्थानीय तहमा सीप बिकास सम्बन्धी कार्यक्रमको समन्वय कस्ले र कसरी गरिरहेको छ ?

हाम्रो देशनै स्थानीय तहमय भएको छ । ७ सय ५३ तहले नेपाल बनेको छ । त्यसैले हाम्रा हरेक क्रियाकलपा र गतिविधी स्थानीय तहमै हुन्छन् । त्यसमा कुनै दुविधा छैन । हामीले स्थानीय तहको समन्वयमा कार्यक्रम पनि गरिराखेका छौ । यसरी कार्यालय जिल्ला स्तरमा रहेपनि अर्थवा डिभिजनको रुपमा रहेपनि कार्यक्रम त स्थानीय तहमा नै गर्ने हो । यसमा कुनै दुविधा छैन ।

व्यवसायिक सिप विकास तालिम केन्द्रले सदरमुकाम केन्द्रित छ कि गाउँमा पनि पुगेको छ ?

डिभिजन कार्यालयका रुपमा रहेको यस सिप विकास तालिम केन्द्रले साविकको धौलागिरीका ४ वटा जिल्ला हेर्न गर्दछ । हामीलाई यसरी आफ्नो कार्यक्षेत्र प्राप्त भईरहँदा खेरी हामीले कुश्माको कुश्मा बजारमा मात्र गर्ने, बागलुङको बागलुङ बजारमा मात्र गर्ने, म्याग्दीको म्यादी सदरमुकाममा मात्र गर्ने, मुस्ताङको मुस्ताङमा मात्रा गर्ने भन्ने हुदैन । म यस तालिम केन्द्रमा आईसकेपछि कहाँ तालिम पुगेको छैन । कहाँका नागरिकहरुले तालिम खोज्नुभएको छ । त्यही स्थानमा तालिम पु¥याउन उद्देश्यले म लागेको छु । त्यसैले हामीले पर्वतका पनि विकट क्षेत्रमा तालिम गरेका छौ । जस्तो पर्वतको विकट मानिने बाँसखर्कमा तालिम सञ्चालन गरौँैँ । अहिले पर्वतको विहादी गाउँपालिका ३ रानीपानीमा सञ्चालन भईरहेको छ । बागलुङको राङखानीमा सञ्चालन भईरहकेो छ । बागलुङको बुर्तिवाङमा तालिम सञ्चालन भईरहको छ । म्याग्दीको बर्वाङ र बाँबियाँचौरमा तालिम सञ्चालन गरियो । मुस्ताङको जोमसोङमा एउटा तालिम सञ्चालन गरियो । हामीले धौलागिरीका विभिन्न भौगलिक स्थानमा पुगेर तालिम सञ्चालन गरिरहेका छौ । हामीले प्रदान गर्ने सेवा केन्द्रकृत छैन ।

सीप सिक्ने तर हराउने धेरै छन् नि । यसमा लगानीको अभाव कि प्रशिक्षार्थीको लापरबाही ?

मैले अगाडी पनि भने । अहिले देशको निति नै बेरोजगार घटाउने र गरिवी निवारण गर्ने हो । जस्तो ः देशमा योजनाबद्ध रुपले विकासको शुरुवात भईसकेको छ । देशमा रहेको गरिवी र बेरोजगारलाई कसरी निवारण गर्ने सकिन्छ भन्ने विषयमा व्यापक बहश भईरहेको छ । यो देशमा रहेको गरिवीलाई न्यूनिकरण गर्न र बेरोजगार रहेका हरेक नागरिकलाई स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक सिप विकास तालिम केन्द्रको स्थापना गरिएको हो । यसकोे प्रमुख उद्देश्य नै अदक्ष जनशक्तिलाई दक्ष बनाउने, बेरोजगारी घटाउने प्रमख दायित्व यस केन्द्रको हो । यहि दायित्वलाई प्रमुख उद्देश्य मानेर हिँडेको सिप विकास तालिम केन्द्रले तालिम मात्र दिएको छैन । कति प्रभावकारी छ भनेर हामीले अध्ययन पनि गछौँै । तपाईले भन्नुभयो यस तालिम केन्द्रले तालिम मात्रा दिने हो कि यसको प्रभावकारीता पनि छ भनेर ? थोरै विषय म के जोड्न चाहान्छु भने, हाम्रो सिप विकास तालिम केन्द्रले विगत १० बर्ष यता करिव ३ हजार भन्दा बढि व्यक्तिलाई सिप मुलक तालिम प्रदान गरिसकेको छ । यसमध्ये यो गतबर्षको अध्ययन अनुसार हामीले के जानकारी प्राप्त ग¥यो भने, यसको हारहारीमा करिव ६० प्रतिशत भनेको १८ सयको हारहारीमा प्रत्यक्ष रोजगारी अथवा व्यवसायमा संलग्न रहनुभएको छ । यो हाम्रो तालिम केन्द्र मध्येकै राम्रा प्रगती हो । म दावाको साथ भन्छु । फेरी यसरी ६० प्रतिशत हामीले प्रगति गरेका छौ भनेर सन्तुष्ट भएर बस्ने अवस्था भने छैन । तर, कसरी फरक तरिकावाट हेर्न सकिन्छ भने । तालिम लिन आउने व्यक्तिहरु अथवा तालिममा सहभागी हुनेहरु कस्तो प्रकृतिको हुनुहन्छ भन्ने किसिमले पनि यसको प्रभावकारीता निर्धारण गर्छ । मैले यहाँ के जोड्न खोजेको भने, हामीले कुनै पनि तालिम सञ्चालन गर्ने भनेर सुचना जारी गछौँ । यो सुचनामा आवेदन दिर्नेहरु मध्ये मैले अध्ययन गर्दा तिन प्रकारका सहभागि भेटे । कोही खाली समयको सदुपयोग गरौँ, निशुल्क रुपमा आएको तालिम हो सहभागि भएर के जान्छ भनेर आउँछन् । अर्थात खाली बस्न भन्दा तालिम लिउँ भन्ने सोचका छन् । कोही साथीले सिक्दो रैछ साथीकै लहलहमा लागेर तालिम लिन आउने हुन्छन् । कोही वास्ताविक प्रशिक्षार्थी जसलाई तालिम नितान्त आवश्यक छ उसले जिवनमा सिपको माध्यमवाट उद्यमशिल बनेर गाउँ समाजमा केही गर्छु भनेर आउने हुन्छन् । यस्ता तिन प्रकारका सहभागि हुँदा रैछन् । तिन प्रकारका सहभागि मध्ये उत्कृट हुने त्यो व्यक्ति हो जसले यो तालिम मलाई अत्यन्तै आवश्यक छ । मैले तालिम सिक्छु भनेर सिक्न आएका छन् उनीहरु नै व्यवसायी बन्ने हुन् ।

तालिम सिकेर उद्यमी बनेका वा व्यवसाय गरेका केही उदाहरण छन् ?

एकदम छन् । कस्तो भने अहिले गाउँपालिका र नगरपालिकाहरुले पल्मविङ्गको जनशक्ति खोजी राखेका छन् । लोक सेवा र पालिकाहरुले पनि यो प्राविधिक जनशक्ति मागिरहेको अवस्थामा अहिले पल्मविङ्ग ह्रास पल्मविङ्गको तालिमा एकदम सहभागि बढिरहेको छ । यस्ता तालिम लिनेहरु जिविको पार्जनमा पनि सहयोग पुगेको हामीले पाएका छौँ ।

रोजगारीको शिलशिलामा विदेश जाने युवाहरुलाई कस्तो प्रकारका तालिमहरु छन ?

हामीले बैदेशिक रोजगारमा जानेहरुका लागि पल्मविङ्ग, हावस वाईरिङ, सुरक्षा गार्ड जस्ता ४ वटा तालिम सञ्चालन गर्ने गरेका छौँ । यि विषयमा बैदेशिक रोजगारमा जानेहरुको संख्या पनि उच्चतम छ । पर्वत जिल्लाको विवरण हेर्दा लगभग २२ हजार युवाहरु बैदेशिक रोजगारमा गएको देखिन्छ । त्यसमध्ये ५ सय देखी ७ सय जान युवाहरु हाम्रो सिप विकास तालिम केन्द्रमा तालिम लिएर गएको हामीले पाएका छौँ । तालिम सिकेर गएका र तालिम नलिई गएकाहरुको संलग्नता हेर्ने हो भने अर्थवा उनीहरुको तलव स्केल हेर्न हो भने,तलमाथी छ । जसले तालिम लिएर जानु भएको छ । जसलाई सिप विकास तालिम केन्द्रले तालिम सँगैे प्रमाणपत्र प्रदान गरेको छ । जो दक्ष हुनुहुन्छ भनौँ उहाँहरुको आकर्षक तलव रहेको पाईएको छ ।


तालिम नलिएकाले पनि तपाईको कार्यालयबाट प्रमाणपत्र लिएर जाने गरेको भन्ने बजारमा हल्ला सुनिन्छ नि?

हैन यो विल्कुल गलत हो । म यो सिप विकास तालिम केन्द्रमा विगत १ बर्षदेखी कार्यरत छु । म आईसकेपछि मिडियाका साथीहरुले पनि यो तालिम के भईरहेको छ कस्तो छ भनेर हामीलाई सोध्नुहुन्छ । यस्ता गुनासो आईरहनु पर्छ । गुनासोको माध्यमवाट हामी सच्चिएर अगडी बढ्ने हो । हामीलाई सचेत हुने अवसर पनि हो । तर, तपाईले भनेजस्तो एक दुई दिन सहभागि भएर प्रमाणपत्र पाएको मैले भेटेको छैन । मैले दिएको पनि छैन । हामीले ३ महिने तालिममा कम्तीमा ६० देखी ७० प्रशिशत हाजिर भएको अझ भनौँ तालिममा उपस्थित भएको हुनुपर्दछ । यदि कुनै किसिमकले तालिममा सहभागि हुन सकेन भने हामीले उसलाई प्रमाणपत्र दिदेनौँ । त्यस पछाडी हाम्रो प्रत्येक कार्यक्रम÷तालिममा प्रशिक्षकहरुले मुल्याङन गर्नुहुन्छ । त्यो मुल्याङकन भनेको तालिममा सहभागिताको मुल्याङकन,तालिममा नियमितता ,अनुसाशन र तालिम प्राति उसको इमान्दारिता अझ भनौ उसले तालिमको अवधिमा कसरी तालिम सिकिरहेको छ यि सबै कुराको मुल्याङकन हुन्छ । उसको दक्षता कस्तो छ भन्ने विषयमा प्रशिक्षकले हेरिरहनु भएको हुन्छ । त्यो मुल्याङकनमा पास नभएसम्म प्रमाणपत्र पाईदैन । त्यसकारण चाँही केही समय हाजिर भएर तालिमको प्रमाणपत्र पाईदैन । यो भ्रम हो ।

‘सिप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने नारा सफल भएको मान्न सकिएला?

एकदम छन् । हजुरले अघि तालीमको प्रभावकारी सँग जोड्नु भयो । ‘सिप सिकौँ आत्म निर्भर बना’ैँ यसरी भनिएको हो कि सिप लिईसकेपछि मानिसहरु त्यही क्षेत्रमा आवद्ध हौँ । आफुले लिएको सिपलाई प्रयोग गरुन । त्यही सिप मार्फत आत्मनिर्भर बनेर आर्थिक उपार्जन भयोस् भनेर नै ‘सिकौँ आत्मनिर्भर बनौ’ भनेको हो । यो नारालाई हाम्रो सिप विकास तालिम केन्द्रले आर्थकता दिएका छ ।

स्थानीय तहका जनप्रतिनिधी र सीप बिकास तालिम केन्द्रका बिचको समन्वय कस्तो छ ?

अहिले संघियता कार्यान्वय भएसँगै पर्वत जिल्ला सँगै बागलुङ, मुस्ताङ र म्याग्दीमा रहेका स्थानीय तहहरु सँग समन्वय गरेर हामीले तालिम÷कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो आर्थिक बर्षमा हामीले कुश्मा नगरपालिका सँग सम्न्वय गरौँ । अवको चरणमा पैयु गाउँपालिका र फलेवास नगरपालिका सँग तालिम समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने प्रयासमा छौँ । अहिले कस्तो भएको छ भने स्थानीय तहलाई कार्यक्रम÷तालिम मात्र दिएका छौँ । अव हामी कुन मोडलमा जाँदै छौ भने स्थानीय तहले सञ्चालन गर्ने तालिम र हामीले सञ्चालन गर्ने तालिममा डुवलीकेशन नहोस् । उहाँहरुले एक थरि तालिम सञ्चालन गर्नुभयो भने हामीले अर्को थरि तालिम सञ्चालन गछौँ । संयुक्त रुपमा गर्न प¥यो भने यसमा दुई तरिका अपनाउँछौँ । एउटा हामीले तालिम सञ्चालन गर्नुभयो भने उहाँहरुले व्यवस्थापन गर्नुहुन्छ र अर्को उहाँहरुले तालिम सञ्चालन गर्नुभयो भने हामी व्यवस्थापन गछौ । अझ सहज तरिकाले भनौँ हामी आधा–आधा खर्चमा तालिम सञ्चालन गछौँ ।

अन्त्यमा नयाँ विश्व डट कमका पाठकलाई केही भन्न चाहानुहुन्छ ।

हामी संघियता कार्यान्वय भएसँगै धौलागिरि अञ्चलनमा रहेका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरेर तालिम÷सञ्चालन गर्ने गरिरहेका छौँ । मैले यो क्षेत्रमा रहेको आम सर्वसाधारणहरुलाई के अनुरोध गर्न चाहान्छु भन,े तपाई पनि कुनै विशेष क्षेत्रमा तालिम लिन इच्छुक हुनुहुन्छ भने अथवा कुनै तालिम तपाईलाई अत्यन्तै जरुरी छ भने । तपाईहरुले कस्तो तालिम लिन खोज्नु भएको हो । हाम्रो कार्यालयमा निवेदन दिनुहोला । म जतिसक्दो यहाँहरुको मागको सम्वोधन गर्ने छु । अर्को कुरा हाम्रो व्यवसायिक सिप विकास तालिम केन्द्र सँगै रोजगार सूचना केन्द्र रहेको छ । यो सूचना केन्द्रले मैले अगाडी पनि भने बेरोजगारीहरुको लगत संकलन गर्ने र रोजगार सम्वन्धी सूचना प्रवाह गर्ने गरेको छ । तपाईहरु कुनै क्षेत्रमा काम गर्ने इच्छुक हुनुहुन्छ वा तपाई बेरोजगार अवस्थामा रहिरहनु भएको छ भने व्यरोजगारको लगत गराउनु होला । बेरोजगार फाराम भरेर हाम्रो कार्यालयमा दिनुहोला । तपाईले गर्न चाहेको पेशा व्यवसायिक अथावा रोजगारीको सम्वन्धमा तपाईको योग्यता तपाईको दक्षता सँग मिल्ने खालको अझ भनौँ रोजगारदाताले मागेको खण्डमा तपाईलाई त्यसखालको रोजगारी सृर्जना खालको तालिम हामी प्रदान गछौँ । यहाँहरुलाई पनि त्यो अवसर प्राप्त होस भन्ने म चाहान्छु, धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्