गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरभित्रका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई निकै महत्वका साथ त्यिनको विकास, प्रचार प्रसारलाई तिव्रताका साथ अगाडि बढाईने बताउनु भएको छ । गलकोट नगरपालिका ९ र ७ मल्म न्यायखोलामा रहेको धार्मिक पर्यटकिय स्थल पाण्डुकेश्वर गुफा पुग्ने पर्यटन पदमार्गको उदघाटन गर्दै यस्तो बताउनु भयो । नगर प्रमुख गैरेले यहाॅका पर्यटकिय स्थलहरुलाई हामी क्रमैसॅग विकासका पुर्वाधार निर्माण गर्ने कुरामा नगर सदैव प्रतिवद्व रहेको भन्दै सम्पुर्ण नगरबासीलाई समृद्व नगर निर्माणको अभियानमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
गुफाको स्थलगत अवलोकन पछि बोल्दै गैरेले भन्नुभयो यो गुफामा विचित्रका कुराहरु देख्न पाईने भएकोले समेत यसको विकास र प्रचार प्रसारमा सञ्चारकर्मी, जनप्रतिनिधि र स्थानियले प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो । गुफामा गाईको थुन, त्रिशुल, नागका चित्रहरु देख्न पाईन्छ । अझ अचम्मको कुरा के छ भनें गुफा भित्र रहेका गाईका थुन जस्ताबाट जति मानिस त्यहाॅ गईन्छ त्यति नै पानीका धाराहरु बग्ने गरेको देख्न पाईन्छ । कार्यक्रमा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले धार्मिक पर्यटकिय स्थल पाण्डुकेश्वर गुफाको स्तरवृद्वि गर्दै विकास गर्न र पर्यटकहरुलाई भित्राउन पदमार्ग निर्माण गरिएको बताउनु भयो । पदमार्ग निर्माण पछि गुफा सम्म पुग्न सहजता भएको थापाले बताउनु भयो ।
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७४-०७५ बाट रु ५ लाख विनियोजन भएको थियो भनें झण्डै ७० हजारको स्थानियले जनश्रमदान गरेका थिए । मध्यपहाडी लोकमार्गको बाँसखोला देखि रानाटोल हुँदै पाण्डुकेश्वर गुफा सम्म साढे २ किलोमिटर पदमार्ग निर्माण भए सॅगै अब आन्तरिक तथा बाह्य पर्यटकहरुको आगामनमा वृद्वि हुने पाण्डुकेश्वर पदमार्ग निर्माण समितिका अध्यक्ष सुवेदार तिलक बहादुर केसीले बताउनु भयो । मल्म बाॅसखोला र नाच्नेडाॅडामा रहेको शिवालय मन्दिरहरुमा भजन कृतन सहित रातभर जागारम बसि बिहान शतिबिज छर्दै न्यायखोलामा रहेको पाण्डुकेश्वर गुफामा पुगेर विसर्जन गरिन्थ्यो । गुफा भित्र अनौठा अनौठा आकृतिका तस्विरहरु त्रिशुल, गाईको थुन, नागको आकार लगायतका धेरै थरि आकार अवलोकन गर्न पाईने युवा समाजसेवी छम बहादुर रानाले जानकारी दिनुभयो ।
रानाका अनुसार गुफा भित्र रहेको भगवानको पूजा अर्चना समेत गरिन्थ्यो । अझ रोमाञ्चक र आश्चर्य लाग्दो कुरा के छ भनें गुफा भित्र जति मान्छे जान्छन उति त्यि गाईका थुन जस्तो देखिने आकारबाट उति नै पानीका लहराहरु झर्ने गर्दछन । अध्याॅरो गुफा भित्र पानीको सानो तलाउ समेत रहेको छ । पहिला बाटोको उचित व्यवस्था नहुॅदा त्यहाॅ पुग्न निकै कठिन हुने गरेको रानाले बताउनु भयो । कतिपय ठाउ यस्ता छन जहाॅ विचित्र देख्न पाईन्छ तर प्रचार प्रसारको अभावमा सदियौं देखि ओझेलमा छन । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक अहिले सम्म त्यहाॅ पुगेका छैनन ।
यस्तै मध्यको एउटा धार्मिक पर्यटकिय गन्तव्य हो गलकोट नगरपालिका ७ र ९ मल्म स्थित न्यायखोला पाण्डुकेश्वर गुफा । जहाॅ फरक वस्तु नियाल्न पाईन्छ । पहिले पहिले बालाचतुर्दशी र शिवरात्रीमा त्यहाॅ स्थानियहरुको पुजाअर्चना गर्न भिंड लाग्दथ्यो । पाण्डुकेश्वर पदमार्ग उदघाटन कार्यक्रम स्थानिय समाजसेवी नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































