विद्यामन्दिर माविलाई गुणस्तरी शिक्षाको शैक्षिक धरोहर बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । विद्यामन्दिर माविको भवन निर्माण समितिका काठमाडौँ प्रतिनिधी पुष्पमान श्रेष्ठले सुविद्या सम्पन्न अत्याधुनिक नयाँ प्रणालीबाट शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुलाई आग्रह गरेका छन ।
उनले आफु पढेको विद्यालय भएकाले पनि विद्यामन्दिर मावि साँच्चीकै गुणस्तरीय शिक्षा दिने थलो बन्नुपनेै बताए । उनले भने, म यस विघालयमा नपढेको भए म आज धेरै कठिन हालतमा सायद विदेशमा हुन्थ्ये।म पढेको विघालय धेरै पुरानो भयो । कहिले बनाउने होला भन्ने म सोची रहन्थे । भुकम्पपछि यो अवसर आयो ।

काठमाडौंबाट आएको सहयोगले मात्र १७ वटा कोठा बनेको थियो । अझ काठमाडौं र बाहिर यस विघालयलाई माया गर्ने सहयात्रीहरू समेत रहेको श्रेष्ठले बताए । कार्यक्रममा विघामन्दिर भवन निर्माण समितिको अध्यक्ष लालचन्द राजभण्डारी, बागलुङ कल्याण केन्द्र काठमाडौंका पुर्व अध्यक्ष श्रवणलाल श्रेष्ठ, वरिष्ठ अधिवक्ता पघनाथ शर्मा, समाजसेवी देवबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।विघामन्दिर माविको व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक जगन्नाथ आर्चायले गरेका थिए ।





















































































































































































































