
सधै बिभाजन मात्रै हुने अाराेप लाग्दै अाएकाे नेपाल कम्युनिस्ट पार्टी बिच अहिले नयाँ ढंगले एकता भए पछि नेपाली जनतामा खुशीकाे लहर छाएको छ ।
नेपालकाे प्रमुख शक्तिशाली कम्युनिस्ट पार्टी एमाले र माअाेबादी केन्द्र बिच राजधानीमा भब्य समारोह बिच भएको पार्टी एकताले नेपालमा मात्रै हैन बिश्वकाे राजनीति मै नया तरङ्ग पैदा गरिदिएको छ ।
बामपंथी गठबन्धन देखि पार्टी एकता सम्मको खाका तयार गरि अगाडि बढेको दुई कम्युनिस्ट पार्टी बिच भएको यो एकता लाई नेपालकाे कम्युनिस्ट अान्दोलन कै ऐतिहासिक एकता मान्नुपर्छ ।
बहुदलिय प्रजातान्त्रिक परिपाटी मान्दै अाएकाे एमाले र जनयुद्धको शसश्त्र अान्दोलनकाे नेतृत्व गर्दै अाएकाे माअाेबादी केन्द्र बिच अाज जुन एकता भएको छ यसलाई कसैले पनि यति सजिलोसँग हुन्छ भनेर बिश्वास भने गरेको थिएन जुन सहज पनि थिएन ठूलो उतारचढाव बिच जेठ ३ गते मदन भण्डारी र जिबराज अाश्रीतकाे जयन्तीको दिनमा जुन एकताको साइड जुढ्याे यसलाई सकारात्मक मान्नुपर्छ ।
साच्चै भन्ने हाे भने माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले अहिलेकाे २१ अाै सताब्दीमा नयाँ इतिहास रच्न सफल भएकाछन् इतिहासले मान्छेलाई एकपटक अबसर दिन्छ त्यसलाई ग्रहण गर्ने क्षमता नेतृत्व गर्ने ब्यक्तिमा हुन जरुरी छ ।जसले समयलाई बुझ्न सक्छ समय अनुसार चल्न सक्छ त्यसले मात्र बाजि मार्छ भन्ने जुन कुरा थियो त्यसमा दुईवटा पार्टीको नेतृत्व यसपटक सफल भएका छन् ।
अहिले भएको बामपंथी गठबन्धन भत्काउन बिग्रार्न सबै खालको प्रतिक्रियाबादी यथास्थितिबादी देखि पुनर उत्थानबादी सबैले न्वारान देखिनकाे बल पनि नलाएका हैनन् अहिलेसम्मकाे पार्टी एकताकाे घटनाक्रम हेर्दाखेरी अहिले जसरी सहजरूपमा पार्टी एकता घाेषणा भयो यो संभव कसैले पनि देखेका थिएनन् ।स्वयं एमाले भित्रका प्रमुख नेताहरू समेत एमाले र माअाेबादी केन्द्र बिचकाे एकता लाई सहज देखेका भने थिएनन् ।धेरैलाई नैतिक संकट थियो पार्टी एकता बिराेध गरे कार्यकर्ता लेवलबाट बाहिर जानुपर्ने नगरीकन बसे अाफ्नाे भाेलि पार्टीमा हैसियत के हुने भन्ने कुरा नै महत्त्वपूर्ण थियो ।
नेपालमा भएको कम्युनिस्ट अान्दोलनमा एकता भन्दापनी धेरै फुटकै खेती भएको देखिन्छ नेपालका कम्युनिस्ट बारे जसले पनि सजिलोसँग टिप्पणी गर्ने गर्दथ्थे कम्युनिस्टहरू जुट्नका लागि हैन फुट्न कै लागि हाे सामान्य कुरामा मतभेद भए पछि नयाँ पार्टी जन्माइ हाल्ने कारणले पनि ठिक बिपरित ध्रुवका शक्ति बिचकाे मिलनलाई निकै खालको बिश्लेषन टिप्पणी गरे धेरैले माअाेबादीकाे एमालेमा बिलय भने कसैले के कसैले के साच्चै टिप्पणी गजबको थियो ।एमाले जस्तो बिशाल पार्टी माअाेबादी जस्तो जनयुद्ध बाट अाएकाे पार्टी बिच एकता गर्दा पदीय भागबन्डा देखि दुईवटा पार्टीको नेताहरूलाई समायोजन गरे लैजानुपर्ने बाध्यता अाफनाे ठाउँमा छदै थियोे ।
राजनीति गर्ने भनेको जाेगी बन्नकाे लागि हैन राजनीति मुल्य मान्यता र सिद्धान्त अाफ्नाे ठाउँमा छ पार्टी एकता गर्दै गर्दा अाफ्नाे हैसियत भाेलिका दिनमा कस्तो अबस्था रहने भन्ने कुरा हुनुलाई नकारात्मक भन्न मिल्दैन ।
नेपालको इतिहासमै शक्तिशाली र दक्षिण एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टीको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी यतिबेला सबैकाे नजरमा परेको छ ।समय घटनाक्रमले अहिले पार्टी भित्र दुईजना पार्टी अध्यक्ष बनेका छन् अहिले पार्टीको महासचिवमा एकाएक बिष्णु पाैडेल देखा परेका छन् भने नेपाल कम्युनिस्ट पार्टीको प्रवक्तामा नारायण काजी श्रेष्ठ प्रकाश लाई अगाडि सारिएको छ अहिले पार्टीको नेतृत्व लाई हेर्दाखेरी अब भने यो पार्टीले केही गरेर देेखाउछ कि भन्ने झिनो अाशा भने अहिले पलाएको देखिन्छ ।
साच्चै अहिले भएको पार्टी एकता काले काले मिलेर खाउ भाले भएको भनेर धेरैले टिप्पणी पनि गरेकाछन् साच्चै अब कम्युनिस्ट पार्टीको एकता समाज परिवर्तनको लागि रूपान्तरणकाे लागि हुनुपर्छ भन्ने कुरामा कुनै शंका छैन ।अहिले झट्ट हेर्दा नेपालमा अब ३ वटा मात्रै शक्ति देखिन्छ कम्युनिस्ट शक्ति नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने प्रजातान्त्रिक शक्ति र मधेसी शक्ति अर्को तर्फ क्रान्तिकारी धारकाे नेतृत्व गर्ने बाहिरी शक्ति बिच नै नेपालकाे राजनीति घुम्ने निश्चित देखिन्छ ।
नेपालकाे कम्युनिस्ट अान्दोलनका चर्चित नेता मदन भण्डारीले राजनीति कुनै पनि कुरा असंभब हुदैन भनेर जुन कुरा अाज भन्दा ३० बर्ष अगाडि भनेका थिए त्यो कुरा अहिले ब्यबहारिक रूपमा पुष्टि भएको छ ।हिजो पानी बाराबारकाे अबस्थामा रहेको एमाले र माअाेबादी बिचकाे मिलन लाई कसैले पनि कल्पना गरेका थिएनन् तर देशमा बामपंथी शक्तिलाई माया गर्ने नेपाली जनताहरूले भने बामपंथी शक्ति बिच मिलन भएको हेर्न चाहेका थिए त्यो अहिले ढिलै भए पनि पुरा भएको छ ।प्रदेश र संघ को निर्वाचनमा बामपंथी गठबन्धन गरेर एमाले रमाअाेबादीले चुनावी गठबन्धन गरेर जसरी जनताको सामुन्ने भाेट माग्न गएका थिए त्यहीँ गठबन्धन कै कारणले निर्वाचनमा बामपंथी गठबन्धनकाे पक्षमा लहर अाएकाे निश्चित हाे ।सधै देशमा अस्थिर सरकार ९/९ महिनामा फेरिने सरकार मन्त्री काे कारणले देशमा ५ बर्षसम्म चल्ने सरकार भए देशमा बिकास हुनेछ भन्ने साेच राखेरै मतदान गरेकाे कारणले पनि अहिले पार्टी एकता बाट भाग्ने चानस नै थिएन ।
हिजो जनतासामु गरेको बाचा बन्धन सबै अहिले एकताकाे लागि मलजल पुगेको हाे ।
अहिले देशमा बामपंथीकाे शक्तिशाली सरकार छ देशको ७ वटा प्रदेश मध्ये ६ वटामा बामपंथी सरकार नै छ स्थानीय तहमा पनि अधिकांश बामपंथी कै नेतृत्व भएको हुदा अब यहाँ काम गर्न फलानोले राेक्याे भन्ने बहानाबाजी अब चल्दैन सरासर देश र जनताको पक्षमा काम गरेर देखाउने बेला हाे ।
अहिले एमाले र माअाेबादी बिच भएको पार्टी एकता लाई नेकपाका महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएका छन् उनले कम्युनिस्ट आर्दशबाट च्युत भएको घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको टिप्पणी गरेका छन् । “यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेकाे अाराेप समेत लगाएका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो भनेर अहिले एमाले र माअाेबादी भित्र रहेका असन्तुष्ट क्रान्तिकारी नेता तथा कार्यकर्ता लाई अाफ्नाे पार्टीमा तान्न सकिन्छ कि भन्ने प्रयास पनि उनले गरेको देखिन्छ ।
अहिले भएको पार्टी एकता खाली पार्टी एकता नभएर परिवर्तनको लागि समाजबाद तर्फ दिशातर्फ उन्मुख हुने नयाँ ढंगले अगाडि बढ्ने हुन जरुरी छ ।अब देशमा राेजगारी महंगी भ्रष्टाचार नातावाद कृपावादकाे अन्त्य गर्ने हुन सकेमात्र पार्टी एकता भएको ठिक ठहरिने छ ।
सिद्धान्त एकातिर व्यवहार अर्कोतिर भएर नेपालकाे कम्युनिस्ट पार्टी बिग्रेको हाे अहिले नयाँ ढंगले जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता अनुसार भएको एकता साच्चै भन्ने हाे भने अब परिवर्तनको पक्षमा हुनेछ हैन खाली पद र प्रतिस्थाकाे लागि हाे भने यो पनि जनताको नजरबाट गिरेर जानेछ ।