८ कार्तिक २०८३, शनिबार

 

यसरी भयोे विद्यार्थीको रोजाईमा गुराँस विद्या सदन

विद्यार्थीलाई अभिभावकहरुले आफ्नो जीवनको ठुलो आम्दानी शिक्षामा खर्च गरिरहेका छन । तर प्रतिफल भनेजस्तो नभएको विचमा गुराँस विद्या सदनले विद्यार्थी तथा अभिभावकलाई उनीहरुले खोजे जस्तै वातावरण दिएर आकर्षित गरिरहेको छ । “हामीले मुनाफाभन्दा पनि बालवालिकाहरुलाई गुणस्तरिय शिक्षा र उनीहरुको प्रतिभा प्रस्फुटन कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न खोजेका छौ” गुराँस विद्या सदनका प्रिन्सिपल निसान खड्काले वताए ।

उपयुक्त वातावरण, सक्षम शिक्षक, विद्यार्थीको मनोविज्ञान अनुसार अध्यापन, राम्रो भौतिक संरचना, वालवालिकाहरुको चरित्र, आनि वानी व्यहोरालार्ई आधुनिकरण र अभिभावक र वालवालिकासगं निरन्तर संवाद हाम्रो प्राथमिकतामा छ खड्काले आफ्नो विद्यालयको मुल उद्देश्य प्रष्ट पारे ।
बागलुङ नगरपालिका वडा नं. ३ पेन्सन क्याम्प चोकमा संचालनमा आएको यस विद्यायल भि त्र कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाल, व्यवस्थित पुस्तकालय, विद्यार्थीहरुलाई खेलकुदकोलागि प्रायप्त खेल मैदान र चमेना गृहको व्यवस्था गरिएको छ । खेल प्रशिक्षकको समेत व्यवस्था गरिएको उक्त विद्यालयमा विद्यार्थीहरुलाई विभिन्न शिर्षकमा अभिभावकबाट पैसा असुल्ने परम्परालाई तोड्दै यस विद्यालयले ३० वटा कम्प्युटरको व्यवस्था र विभिन्न विषयका विज्ञहरुलाई विद्यालयमा वोलाएर विद्यार्थी, शिक्षक र अभिभावक विच संवाद कार्यक्रम पनि चलाउन शुरु गरेका छन । हामीले ग्रामीण भेगमा वस्ने र शहरमा बस्ने बच्चाको समय एकै किसिमले व्यवस्थापन होस भन्ने विचारका साथ ग्रामीण भेगका वालवालिकाको लागि पनि यातायातको उच्च सुविधामा हाम्रो व्यवस्थापन केन्द्रित छ ।

“वालवालिकाहरुको अतिरिक्त क्रियाकलापलाई विद्यालयले ध्यान पु¥याओस भन्ने हिसावले हामीले समाज र राष्ट्रलाई चाहिने असल र सक्षम जनशक्ति उत्पादन गर्नको लागि सहयोग पुग्ने खालको शैक्षिक वातावरण होस भन्ने कुरामा विद्यालयलाई सदैव सचेत गराइराखेका छौ” विद्यायल व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानाकारी दिए । “हामीले धेरै विद्यालयको विचमा गुराँस विद्या सदनलाई पृथक र समाजले खोजेको शैक्षिक र नविन उद्देश्य बोकेको विद्यालय बनाउन खोजेका छौ । धेरै अभिभावकहरु विद्यालयमा हुने अध्यापन पद्धति र वालवालिकालाई गरिने सकरात्मक व्यवहारबाट उत्साहित छन” खड्काले भने ।

मैले विद्यालयमा उपयुक्त वातावरण, विभिन्न साहित्यीक तथा अन्य अतिरिक्त क्रियाकलाप संचालन गर्नको लागि क्लव गठन, सफा शौचालय, शिक्षकहरुको राम्रो व्यवहार र वालवालिकाहरुलाई उनीहरुको प्रतिभा अनुसार राम्रो कार्यक्रम देखेपछि मैले मेरो छोरीलाई यस विद्यालयमा पढाउन ल्याएको अभिभावक अर्जुन चोखालले वताए ।

यस विद्यायल संचालनमा आएपछि २३ जना युवाहरुले रोजगारी पाएका छन । विद्यालय हात भित्रै गुणस्तरिय खाजाको व्यवस्थापन भएकाले वालवालिकाहरुको स्वास्थ पनि राम्रो हुने प्रिन्सिपल खड्का वताउछन । हाम्रो योजना र अभिभाकको साथ भए हामीले अझ धेरै राम्रो कार्यक्रम भविश्यमा ल्याउने गृहकार्य गरिरहेको खड्काले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung