बागलुङ,जेठ १० गते । जलवायू परिवर्तन न्युनिकरणको लागि विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रमको अभियान बागलुङमा सुरु गरिएको छ । जिल्लामा नै पहिलो पटक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि अभियान थालिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल जलवायू परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र खुमलटार ललितपुरको आयोजना र बिद्यामन्दिर मावि बागलुङको स्थानीय संयोजनमा सचेतनामुलक अभियान गरिएको छ । जिल्लाका ११ विद्यालयका झन्डै एक सय बालबालिकाहरुलाई नेपालमा जलवायूले वर्तमान समयमा पारेको प्रभाव र आगामी दिनमा पर्न सक्ने जोखिम न्युनिकरणको लागि गर्न सकिने कार्य बारे जानकारी गराईएको छ । 
सचेता मुलक कार्यक्रमको शुभारम्भ गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जिवराज पोख्रेलले नेपालमा पछिल्लो समयमा जलवायू परिवर्तबाट देखिएका विभिन्न समस्याको कारण जिवजन्तु,बनस्पती,हावापानी,मौसम लगाएमा मानिसमा प्रत्येक्ष असर परेको हुदा यसको न्यूनिकरण गर्न अभियान थालिएको बताए ।
अहिले सम्म देशका ५४ जिल्लामा जलवायू परिवर्तन न्युनिकरण सम्बन्धि कार्यक्रम गरिसकिएको र आगामी दिनमा अन्य जिल्लामा अभियानका रुपमा लैजाने उहाले बताए । नय“ा पुस्ताले नय“ा प्रविधिको प्रयोगमार्फत न्युनिकरणमा टेवा पुग्ने अपेक्षाका साथ बालबालिका बिच कार्यक्रम गरिएको छ । रोकथामको लागि सबै सचेत बन्नुपर्ने समयमा आएको अवस्थामा यसबारे अभियानका रुपमा अगाडि बढाउनु प्रभाकारी रहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । 
विद्यालयका बालबालिकाहरुलाई लक्षित गरि जलवायू परिवर्तन सम्बन्धि सचेतना प्रदान गर्दा उनिहरु मार्फत अभिभावकलाई जानकारी हुने र यसबाट न्यूनिकरणमा थप टेवा पुग्ने भएकोले बागलुङमा पनि कार्यक्रम गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बरिष्ठ वैज्ञानिक अधिकृत बिमला देवकोटाले बताउनुभयो ।
जलवायू न्यूनिकरणको लागि अभियान जारी छ,देवकोटाले भन्नुभयो,यसलाई रोक्न सबैको भुमिका महत्वपुर्ण हुने छ । जलवायू परिवर्तनको मारमा सबै परेको हुदा यसलाई रोक्न बिद्यालयस्तरीय कार्यक्रम गरिदै आईएको छ ।
बालबालिकाको माध्यमबाट यसलाई जनचेनतामा फैलाउन सजिलो भएको हुदा जिल्ला भित्रका विद्यालयस्तरीय कार्यक्रम गरिएको बिद्यामन्दिर माविका प्रअ जगन्नाथ आचार्यले बताए । बालबालिकाले सहज रुपमा चेतना फैलाउन सक्ने भएकोले अभियान विद्यालयस्तरबाट थालिएको उनले बताए । 
हावीपानी,मौसन लगाएतमा जलबायू परिवर्तन परिरहेको हुदा यसलाई कम गर्न टेवा पुग्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबासराज भण्डारीले बताए । कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बरिष्ठ वैैज्ञानिक अधिकृत डाक्टर बिमला देवकोटा,समाजसेवी लालचन्द्र राजभण्डारी,देवबहादुर श्रेष्ठ, शिक्षक डिल्लीराज गौतम,लगाएतले बोलेका थिए । बिद्यामन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीको अध्यक्षता,प्रअ जगन्नाथ आचार्यको स्वागत र शिक्षक छवि रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जलवायू परिवर्तनले पारेको असरलाई रोक्न देशमा प्रत्येक जिल्लामा बालबालिका मार्फत सचेतना लगाए अन्य कार्य गरिदै आएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
जलवायू परिवर्तनले सचेतना कार्यक्रममा सहभागी बिभिन्न बिद्यालयका बिद्यार्थी । तस्विरःप्रदिप पन्त÷बागलुङ



















































































































































































































