३० असार २०८२, सोमबार

 

‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’

उपत्यकाका सुन्दरतालाई प्रिन्ट माध्यमको सहयोगले बेग्लै तवरबाट अर्थ्याउने चित्रहरूका साथ भारतका पाका कलाकार जयकृष्ण अग्रवाल उपस्थित भएका छन्।

‘शिवाता लभ फाउण्डेशन’को आयोजनामा बबरमहलस्थित आर्ट काउन्सिलमा बुधबारदेखि सुरू भएको ‘टाइम एण्ड स्पेश’ शिर्षकमा प्रदर्शनीको उद्घाटन युरोपियन युनियनका राजदूत भेरोनिका कोडीले गरेकी थिइन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय ‘ग्रेला’ले दिवंगत छोरीको स्मृतिमा खोलेकी संस्था हो ‘शिवाता लभ फाउण्डेशन’।
प्रदर्शनीबाट संकलित रकम नेपालका अभावग्रस्त अवस्थाका छोरीहरूका क्षेत्रमा लगाउने उपाध्यायले उद्घाटनका अवसरमा बताइन्।

काउन्सिलको  ग्यालरीमा विक्रीका निम्ति राखिएका अग्रवालका २२ वटै कृति फाउन्डेशनका निम्ति अर्थ संकलन होस् भनेर चित्रकारले सित्तैमा प्रदान गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै चित्रकार तथा लखनउ विश्वविद्यालय कला विभाग पूर्व डिन प्राध्यापक अग्रवालले काठमाडौं उपत्यकाको सुन्दरताले आफूमा पारेको प्रभाव प्रिन्ट माध्यमबाट उल्लेख गरेको बताए।

उनी पाँच वर्षअघि काठमाडौं आउँदा घुमेका ठाउँहरू चित्रमा वर्णित छ। स–साना छेँडा र कुनाकाप्चामा प्रकाशको प्रभाव पर्दा प्रतिबिम्बित  हुने मौलिक दृश्यहरू नै अग्रवालका चित्रहरूमा अटाएका छन्। प्रदर्शनीमा रहेका २२ वटै चित्रको मूल्य प्रत्येकको एक लाख एक सय रुपैयाँ राखिएको छ।

अग्रवालसँगै भारतबाट आएका कला समीक्षक राजेशकुमार ब्यासले पनि उक्त अवसरमा आफ्ना विचार राखेका थिए।   सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung