१२ कार्तिक २०८३, बुधबार

 

लोप हुन लागेको पन्चेबाजा जोगाउने उदेश्यले पोशाक वितरण

भरत सापकोटा

काँठेखोला गाउँपालिका वडा न ५ बिहुँकोट थामडाडा आयोजना गरिएको पोशाक बितरण कार्यक्रममा यस क्षेत्र लोप हुनै लागेका पन्चेबाजा समुहहरुको पहिचान गरि सत्यावति पन्चेबाजा समुह बिहुँ राहाले , शिवधुरी पन्चेबाजा समुह बिहुँ ५ त्यस्तै बिहुँकोट पन्चेबाजा समुह गरि तिन समुह का सम्पुर्ण सदस्यहरुलाई पोशाक वितरण गरिएको थियो ।काठेखोला गाउँपालिका वडा ५मा रहेका दलित समुदायकाहरु विभिन्न प्रयोजनको लागि तथा सिपमुलक ब्यवसाय मुलक ढंगले संक्षम बनाउन भनेर रु १लाख ५०हजार छुट्टिए पनि त्येति रकमले कुनै पनि ब्यवसाहिक र सिपमुलक काम गर्न र त्यस क्षेत्र भित्र रहेका दलित समुदायलाई समाहित गर्न नसकिने भएकाले यसपालिको रकम संस्कृति संरक्षण र पन्चेबाजा समुहको पहिचान जगाउन लागेको दलित संजाल वडा ५अध्यक्ष डिल बहादुर बि कले बताए ।

कार्यक्रम मा बोल्ने अधिंकाशं वक्तहारुले समाजको पहिचान जगाउन संस्कृतिको महत्वपूर्ण भुमिका रहिआएकाले राज्यको पहल बितरण गएको पोशाकसंगै लोप हुन लागेको लोक पन्चे बाजाको संरक्षण गर्न पन्चे बाजा समुहहरुले पनि गम्भीरता पुर्वक आफ्नो ज़िम्मेवारी बहन गर्नु पर्ने जोड़ दिईएका थिए। उनीहरुले लोक संस्कृति भित्र रहेका जुन पन्चेबाजा छ त्यो लाई अझै ब्यवस्थित ढंगल ले अघि बढि आफ्नो गला कला र क्षमता खुलेर राख्न सकेमा हरेक क्षेत्रमा उनीहरु पहिचान अझै बढ्ने जिकिर थियो ।

सो कार्यक्रममा काँठेखोला गाउँपालिका वडा ५का कार्यपालिका सदस्य हेमलाल बि क वडा सदस्यहरु भुमिश्वर कडेल, खगिसरा न्यौपाने, शिवलाल कडेंल समाजसेविहरु परमान्नद कडेल, हर्कमान बिश्वकर्मा नेकपा ऐमाले जिल्ला सदस्य कोपिला पुन दलित सन्जालका वडा५ का सदस्यहरु माया विक, भिम बहादुर विक , नर बहादुर परियार, सिरपति विक लगाएतले बोलेको कार्यक्रमको स्वागत दलित संन्जाल कि सदस्य शुसिला सुनार सन्चालन सचिव जमुना विकले गर्नु भएको कार्यक्रम अध्यक्षता दलित संन्जाल वडा ५ अध्यक्ष डिल बहादुर बिकको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung