आइन्स्टाइनका खोजहरु जति रोचक र ज्ञानबद्र्धक छन् , ती खोजभित्रका रहस्यमयजस्ता लाग्ने कथाहरु पनि त्यतिकै प्रेरक र उत्साकबद्र्धक छन् । उहाँको सबैभन्दा चर्चित खोजको रुपमा विख्यात सापेक्षताको सिद्धान्तको जन्मकथा निकै छक्कलाग्ने खालको छ । त्यतिखेर उहाँ करिब १६ वर्षको किशोर हुनुहुन्थ्यो । तापनि जीवन र जगतका अनेक प्रश्नहरुमा उहाँ घोत्लिनु हुन्थ्यो ।
त्यस्ता थुप्रै प्रश्नहरुमध्ये प्रकाशसम्बन्धी सवालले उहाँको दिमागमा घर गर्नथालेको थियो । एकदिन उहाँ यससम्बन्धी एउटा प्रश्नमाथि विचार गर्दागर्दै सुत्नुभयो । त्यो प्रश्न थियो यदि कुनै व्यक्तिले प्रकाशको किरणलाई पछ्याउँदा पछ्याउँदै जुन गतिमा प्रकाश दोडिरहेको हुन्छ , त्यही गतिमा पिछा ग¥यो भने परिणाम के होला ?

यस प्रश्नमाथि गहन चिन्तत मनपछि आइन्स्टाइन अत्यन्त अचम्मको निष्कर्षमा पुग्नुभयो । उहाँको निष्कर्ष थियो । त्यसरी प्रकाशको गतिमा पिछा गरिएको स्थितिमा त्यो व्यक्ति स्थिरजस्तै देखिनेछ । प्रकाशको गतिसँगसँगै दौड्ने मान्छे त यस्तो रोकिएकोजस्तो स्थितिमा हुनेछ भन्ने निष्कर्षले उहाँको दिमागमा भुइचालो ल्याइदियो र यससम्बन्धि थुप्रै सवालहरुको सेरोफेरोमा वर्षाैवर्षसम्म घोत्लिँदा घोत्लिँदा उहाँ सापेक्षताको सिद्धान्त प्रतिपादन गर्न पुग्नुभयो ।
यही सिद्धान्त आज उहाँका प्रख्यातिको कारण बन्नपुग्यो । यदि त्यतिखेर उहाँको यस्तो छक्कलाग्दो सपना सुनेर हाँसोमा उडाइदिएको भए कस्तो विनाश हुन्थ्यो होला अनुमान गर्न नै गाह्रो छ ।
राजेन्द्र महर्जनद्धारा संपादित अल्बर्ट आइन्स्टाइन महानतम वैज्ञानिक पुस्तकबाट



















































































































































































































