२७ भाद्र २०८३, शनिबार

 

बागलुङको पर्यटकीय डकुमेत्री बन्ने

बागलुङको पर्यटकीय डकुमेत्री बन्ने गलुङका पर्यटकीय तथा धार्मिक महत्व बोकेका स्थानहरुलाई समेटेर डकुमेत्री बन्ने भएको छ । बागलुङ डकुड्रामा तथा जनता डिजिटल प्रा.ली.को सहकार्यमा उक्त डकुड्रामा बन्न लागिरहेको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

बागलुङ जिल्लामा संभावना बोकेका तथा लुकेर रहेका पर्यटकीय क्षेत्रहरुको नेपालमा प्रचार प्रसार गर्नका लागि उक्त डकुड्रामा बनाउन लागिरहेको व्यवस्थापक विक्ष्णु खत्रीले बताउनु भयो ।

झण्डै डेढदेखि दुइ घण्टा लामो निर्माण हुने डकुड्रामामा जिल्लामा रहेको ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, गाजा दह, घुम्टे, गलकोट दरवार, भकुण्डेको भ्यू टावर लगाएतका पर्यटकीय तथा धार्मिक हिसावले महत्व बोकेका क्षेत्रहरु समावेश गरिने बताइएको छ ।

१४ लाख २० हजारको लागतमा निर्माण हुने उक्त डकुमेण्टीमा गीत तथा चर्चित कलाकारहरुको भूमिका हुने छ । साउनको अन्तिमवाट छायाङ्कन हुने डकुड्रामा निर्माणको लागि लाग्ने लागत पर्यटन प्रेमी, शुभचिन्तक तथा स्थानीय तहहरुवाट संकलन गरिने व्वस्थापन समितिले बताएको छ । जिल्लाको पहिचान झल्काउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जिल्लाको प्र दिने आयोजकले विश्वास लिएको छ । पत्रकार सम्मेलन बागलुङ गलकोट निवासी मोहन बहादुर के.सीको अध्यक्षता तथा विष्णु खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung