९ कार्तिक २०८३, आईतवार

 

म म्याराडोना हुँ ! म हुँ डिएगो म्याराडोना !

डिसेम्बर १९९९ मा कोकिनको अत्यधिक मात्रा सेवन गरेपछि जीवन मृत्युको दोसाँधामा पुरर उपचारका निम्ति पहिले उरुग्वेमा र त्यसपछि गत जनवरीदेखि क्यूबामा रहेर स्वास्थ्यलाभ गरिरहेका बेला डिएगो म्याराडोनाले आफ्नो आत्मकथा लेख्ने विचार गरेका थिए । उनका प्रतिनिधि गिलेर्मो कोपोलाले यस सम्बन्धमा जानकारी दिँदै भनेका थिए । डिएगोले आफु अर्जेन्टिनी फुटबल तथा स्पेन र इटालीका क्लबहरुमा अनुवन्धित भई खेल्दा समेतको समयलाई लिपिबद्ध गर्न चाहिरहेका छन् । तर यसका लागि चिकित्सकको अनुमति भने प्राप्त हुनुपर्छ ।

त्यसो त म्याराडोनाको जीवनी भने अर्का एकजना पत्रकारले वर्षौ पहिले लेखिसकेका छन् । यस अतिरिक्त म्याराडोना तमाम पत्रपत्रिकाहरुका लागि एउटा शास्वत विषय प्रसङ पनि बन्दै आएका छन् । यो सोय एल डिएगो शीर्षकको आफ्नो आत्मकथा मयाराडोनाले पुर्व फिफा अध्यक्ष जाओ हाभ्लान्ज र पेले समेतलाई आलोचनाको तारो बनाएका छन् । जम्मा चौध शीर्षकमा विस्तारित यस पुस्तकमा म्याराडोनाले आफु जन्मेको थलो भिला फियोरितो देखि अर्जेन्टिनोज जुनियर्स क्लबमा आफ्नो व्यसायिक फटबल जीवन प्रारम्भ भएसम्म र त्यहाँबाट युरोपमा आफ्नो प्रोफेसनल फटबल जीवन सुरु गरेदेखि अक्टुबर २५ ,१९९७ मा बोका जुनियर्स क्लबमा आफ्नो विदाइ म्याच हुँदासम्मका प्रसंगहरुको उल्लेख गरेका छन् ।

सन् १९८६ को विश्वकपमा इङ्ल्यानड विरुद्ध गोल गरेर अझ प्रख्यात भएका अर्जेन्टिनी फटबल किंवदन्ती म्याराडोनाले आत्मकथामा आफु र कोकिनप्रतिको आफ्नो लगाव समेतका कुराहरु इमान्दारीपुर्वक उल्लेख गरेका छन् । हाभ्लान्जबारे म्याराडोनाले लेखेका छन् । मेरो फुटबल खेल जीवनभरि उनले सधै अन्यायको पक्षमा मात्र वकालत गरे । यसैगरी पेलेको वारेमा उनको भनाइ छ । हामीमध्ये सर्वश्रेष्ठ खेलाडी पेलेले फुटबलको हितका लािग आफ्नो प्रतिभा प्रयोग गरेनन् । म के चाहन्छु भने पेलेले गारिन्चालाई अभाव र अप्ठेरो परिस्थितिमा मर्न दिनुभन्दा उनको सक्दो हेरविचार गर्नुपथ्र्यो ।


पेलेदेखि डेभिड बेकम , जिदान ,प्लाटिनी र स्टोइचकोभ समेत आफुलाई मनपर्ने एक सयजना खेलाडीको सुची पनि आफ्नो तीन सय तीस पृष्ठ लामो आत्मकथा म्याराडोनाले भनेका छन् , कसैले पनि मलाई लागु औषधि अथवा पैसाले मेरा सच्चा भावनाहरु परिवर्तन ग¥यो भनेर विश्वास दिलाउन सक्दैन । म एकै किसिमको मान्छे हु , सधै एकनास रहँदै आको छु , म म्याराडोना हँु । म हँु डिएगो म्याराडोना ।
म्याराडोना आत्मकथा “आई एम डिएगो ” गत वर्ष २००१ नोभेम्बर २ मा युरोपमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung