शिक्षक इश्वरी प्रसाद पौडेललाई असार ११ गते सर्वाेच्च अदालतको फैसलाले प्रधानध्यपकमा नियुक्त गर्ने फैसला गरेको छ । पौडेललाई ढोरपाटन नगरपालिकाले चैत २ गते नियम विपरित प्रधानाध्यापकमा नियुक्ती दिएको भन्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुडाबहादुर कुवँरले २०७५ बैशाख २८ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । कुवँरको मुद्दा माथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश टंक बहादुर मुक्तानको एकल इजलासले ढोरपाटन नगरपालिकाको निर्णयलाई यथवत राख्नु भनेर अन्तरीम आदेश जारी गरेका थियो। ।
उक्त अन्तरीम आदेश खारेज गरि पाउ भनि शिक्षक इश्वरी प्रसाद पौडेलले जेठ २८ गते मुद्दा दायर गरेका थिए । विद्यालयका प्रधानध्यापक धनबहादुर कुँवरले गत वर्ष २०७४ मङसिर १० गते अनिवार्य अवकास पाएपछि पहिलो मर्यादा क्रममा रहेका मावि द्धितिय श्रेणीका इश्वरी प्रसाद पौडेल दोस्रो मर्यादा क्रममा रहेका शिक्षक कुलपति सापकोटालाई प्रधानध्यापक नबनाइकन तृर्तिय श्रेणीका शिक्षक निमबहादुर घर्ती प्रधानध्यापक भएका थिए ।
असार ११ गतेको न्यायाधीस हरीकृष्ण कार्की र बमबहादुर श्रेष्ठको सयुक्त इजलासमा भनिएको छ शिक्षा नियमावली २०५९ को नियम ५३ को उपनियम १२ मा सामुदायिक विद्यालयमा कुनै कारणले प्रधानध्यापक पद रिक्त भएमा माथिल्लो श्रेणीका बरिष्ठ स्थायि शिक्षकले निमित्त प्रधानध्यापक भई काम गर्ने छ भन्ने सर्वाेच्च अदालतको निवेदक विद्यामन्दिर माध्यामिक विद्यालयका शिक्षक जगन्नाथ आचार्यको पक्षमा गरेको फैसलालाई आधार बनाएको छ । 



















































































































































































































