इङ्ग्लयाण्डमा फुटबलको जरा बलियोसित गाडिदै गएको बेला समाजमा अरु परिवर्तन हुँदै थियो । विशेषगरी कोइला र फलामबाट नयाँ नयाँ साधन बन्न सक्छन् भन्ने आविष्काले इङ्ग्ल्याण्डको सामाजिक आर्थिक क्षेत्रमा औधौगिक क्रान्ति आयो । रेलगाडी आविष्कार भयो । कृषि गौण हुन थाल्यो । मानिस गाउँ छोडी शहर पस्न थाले । यस्तै फुटबलका अगुवाहरु रेलबाट विश्वका चारै कुनातिर पुग्न थाले ।
र यसरी फुटबल खेलको विस्तार सर्वव्यापी रुपमा सुरु भयो । यसै क्रममा अनेक देशहरुमा राष्ट्रिय फुटबल संघहरु क्रियाशील हुन थालेपछि एउटा अन्तराष्ट्रिय फुटबल संघको खाँचो महसुस हन थाल्यो । २१ मे १९०४ मा फ्रान्स , बेल्जिएम, निदरल्यान्ड्स , डेनमार्क , स्पेन , स्वीडेन र स्वीट्जरल्याण्ड गर िसात देशका प्रतिनिधि फ्रान्सेली राजधानी पेरिसमा भेला भई फुटबलको सर्वाेच्च विश्व संस्था अन्तराष्ट्रिय फुटबल महासंघ ( फेडेरेसन इन्टरनेशनल डे फुटबल एसोसियसन फिफा ) को गठन गरे ।
इङ्ग्ल्यान्ड सन् १९०६ मा मात्र फिफा सदस्य बन्यो । वेल्स , सकटल्याण्ड र आयरल्याण्ड धेरै वर्षपछि फिफामा पसे भने इङ्ग्ल्याण्डको उपनिवेश बनेका देशहरु १९२० को दशकमा दुईपटक फिफाबाट स्वेच्छाले बाहिरिएर १९४६ सम्म अलग्गै रहे । यीमध्ये कुनै पनि मुलुकले सन् १९५०मा इङ्ग्ल्याण्डले भाग लिनु अगाडिसम्म विश्वकपमा भाग लिएनन् ।
फिफाको प्रथम अध्यक्षमा एकजना फ्रेन्च पत्रकार रबर्ट गुरिन छानिए । सन् १९२१ मा अर्को फ्रेन्च नागरिक जुल्स रिमे फिफा अध्यक्ष भए । यिनै रिमेका पालामा विश्वकप प्रतियोगिता सुरु भएकाले उनलाई फुटबलका पिता भनिन्छ । रिमेपछि ब्राजिलका जाओ हाभलान्जे झण्डै तीन दशक फिफा अध्यक्षको रुपमा काम गरेसकेपछि उमेरको हदमा अवकाश ग्रहण गरे । त्यसपछि पछिल्ला चार वर्षदेखि स्वीजरल्यान्ड्सका सेप ब्लाटर हालसम्म फिफा अध्यक्षको रुपमा कार्यरत छन् ।
ओलम्पिक फुटबलको आकर्षण र विश्वकपको सुरुवात
सन् १९६८ मा सुरु भएको आधुनिक ओलम्पिकको पेरिसमा सन् १९०० मा भएको दोस्रो संस्कराणमा फटबललाई पनि समामेश गरियो । त्यसमा इङ्ग्ल्याण्ड विजयी भयो । तेस्रो र चौथो ओलम्पिकका फटबल उपाधि पनि इङ्ग्ल्याण्डले नै जित्यो । तर पाचौ ओलम्पिक १९२० को फुटबल स्वर्ण पदक बेल्जियमले जित्यो । छैठौ ओलम्पिक १९२४ र सातौ ओलम्पिक १९२८ मा फुटबल स्वण पदक दुवैपटक ल्याटिन अमेरिकी मुलुक उरुग्वेले जित्यो ।
यसरी अन्तराष्ट्रिय क्षेत्रमा फुटबलको लोकप्रियता दिनहुँ बढ्दै गयो । सन् १९२० मा बेल्जियमको एन्टवर्पमा फिफा कंग्रेस बस्यो । त्यसले फिफा सदस्य देशहरुबीच एउटा अन्तराष्ट्रिय प्रतियोगिता गराउने सैद्धान्तिक सहमति पारित ग¥यो । सन् १९२६ मा फ्रान्स फुटबल संघका महासचिव हेनरी डेलानीले पटक्कै अबेर नगर्दै एउटा अन्तराष्ट्रिय प्रतियोगिता प्रारम्भ गर्नु पर्ने प्रस्ताव अगाडि सार्दैे भने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अब ओलम्पिकको घेराभित्र सीमित भएर सञ्चालन हुन सक्दैन । अनेक देशहरुमा व्यवसायिकतावादले पुर्ण मान्यता पाइसकेको हुँदा ती देशहरुबाट सर्वश्रेष्ठ प्रोफेशनल खेलाडिहरुको प्रतिनिधित्व ओलम्पिकमा हुन सक्दैन ।
सन् १९२८ मे २६ मा नेदरल्याण्ड्समा बसेको फिफाको एम्सटर्डम कंग्रेसले डेलानीको प्रस्तावलार्य पारित गर्दै भन्यो । प्रत्येक चार चार वर्षको अन्तरालमा विश्वकप फुटबल आयोजना गरिने छ र पहिलो विश्वकप सन् १९३० मा सञ्चालित हुनेछ । आयोजनाको टेंगो लागे पनि त्यसको नाम के राख्ने भन्ने निर्णय भएको थिएन । त्यतिबेला विभिन्न देशका पत्रपत्रिकाहरुले नै प्रतियोगिताको न्वारान गरे वल्र्ड कप , वल्र्ड सकर च्याम्पिएनशीप ला कु डी मोन्डे , जुल्स रिमे कप आदि अन्तत फिफाको सुदृढिकरण र विश्वकपको सुरुवातका लागि अविस्परणीय योगदान पु¥याउने व्यक्ति फिफा अध्यक्षकै नामबाट प्रतियोगीताको नाम पनि जुल्स रिमे कप नै सर्वस्वीकृत भयो । इटाली , स्वीजरल्यान्ड, स्पेन , निदरल्यान्ड्स , हंगेरी स्वीडेन र उरुग्वेले पहिलो विश्वकप आयोजना गर्ने प्रस्ताव राखे ।
अन्य मुलुकको दाँजोमा १९२४ र १९२८ मा लगातार ओलम्पिक फुटबल स्वर्ण पदक जितेको उरुग्वेले आयोजनाबाट भएको नाफाको आधा हिस्सा फिफालाई दिने र नोक्सान भए केहि अंश मात्र फिफाले व्योहोर्न पर्ने प्रस्ताव अगाडि सा¥यो । उरुग्वेले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेको शतवार्षिकी समारोह पनि त्यही वर्ष पथ्र्याे । अर्काेतिर , फिफा उपाध्यक्ष रोडोल्फ सीलड्रार्यले आयोजक देशले म्याचका रफ्रीहरु , फिफा पदाधिकारीहरु र सहभागी टोलीहरुको यातायात र खानपीन बसोबासको व्यवस्था मिलाउनु पर्ने कुरा अगाडि सारेका थिए ।
यसरी विश्वकपको आयोजना आफैमा अत्यन्त खर्चिलो उत्सव पनि हुने निश्चित थियो । यसैबीच स्वीडेन र नेदरल्यानड्सले इटालीको समर्थनमा आफ्नो नाम फिर्ता लिए भने ल्याटिन अमेरिकी देशहरु उरुग्वेको पक्षमा उभिए । पछि सबै युरोपेली देशहरुले आफ्नो नाम फिर्ता लिए जसले गर्दा आयोजनाको दौडमा उरुग्वे एकमात्र देशको रुपमा रहन गयो । यही स्थितिलाई दृष्टिगत गरी सन् १९२९ मे १८ मा स्पपेनको बार्सिलोनामा गर्ने ऐतिहासिक जिम्मेवारी उरुग्वेलाई प्रदान ग¥यो ।

उरग्वेले एक लाख दर्शक अट्ने नयाँ रंगशाला स्तादियो देल सेन्टेनारियो को निमार्ण गरेको थियो । त्यसै रंगशालामा १३ जलाई १९३० आइतबार फ्रान्स र मेक्सिकोबीच पहिलो विश्वकपको पहिलो म्याच विधिवत् रुपमा उद्घातन खेलेको रुपमा सम्पन्न भएको थियो । खेल सुरु भएको १९ औ मिनेटमा फ्रान्सको तर्फबाट लुसियाँ लरेंले पहिलो गोल गर्दै आफ्नो टोलीलाई मात्र अग्रता दिलाएनन् , त्यससँगै उनी विश्वकपको इतिहासमा पहिलो गोल गर्ने खेलाडिको रुपमा पनि स्थापित हुन पुगे । त्यो म्याच फ्रान्सले ४–१ ले जितेको थियो ।
त्यतिबेला फिफा सदस्य देशहरुको संख्या जम्मा ४१ थियो तर पहिलो विश्वकपको आयोजना युरोपमै गर्न नपाएकोले कतिपय युरोपेली देशहरु उरुग्वे गएनन् । निदरल्यान्ड्स ,स्पेन , इटाली र स्वीडेनले स्वयं आयोजन ागर्न नयाएको झोकमा पहिलो विश्वकप बहिष्कार गरे भने थुप्रैलाई उरुग्वे पुग्न लामो यात्रा गर्नु पर्ने समय र पैसा पनि अत्यधिक खर्च लाग्ने हुनाले पनि अनेक युरोपेली देशहरुले सहभागिताको आफ्नो बाचा पुरा गनरेनन् । प्रतियोगिता सुरु हुनुभन्दा दुई महिना अधिसम्म एउटै युरोपेली देशले आफ्नो नाम दर्ता गरिएको थिएन ।
तत्कालीन फिफा अध्यक्ष जुल्स रिमेको निजी प्रयासले गर्दा तसर्थ केवल चार वटा युरोपेली देश वेल्जियम , फ्रान्स , रोमानिया र युगोस्लाभियाली खेलाडीहरु २१ जुन १९३० मा कोन्टे भर्डाे जहाजमा चढेर भिलेफ्रान्चे सर मेरबाट उरुग्वे तर्फ प्रस्थान गरे । उनीहरु २९ जुनमा रियो डी जेनेरियो पुगे र त्यहाबाट ब्राजिल टोलीलाई आफसँगै लिएर ४ जुुलाईमा उनीहरु मोन्टेभिडियो पुगेका थिए । ती चार युरोपेली देशका अतिरिक्त उत्तरी र ल्याटिन अमेरिकाबाट अर्जेन्टिना , बोलिभिया , ब्राजिल , चिली , मेक्सिको पेरु पाराग्वे अमेरिका र आयोजक उरुग्वेसमेत कुल १३ देश मात्र प्रथम विश्वकपमा सहभागी भएका थिए ।



















































































































































































































