
एनआईसी एसिया बैकले आफ्नो ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बैकिङ समयावधिमा वृद्धि गरेको छ । यही असार १९ गतेदेखि देशका प्रमुख शहरमा रहेका २० शाखामा सेवा समय बढेको छ । आइतबारदेखि विहिवारसम्म बिहान ९ बजेदेखि साझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साझ ५ बजेसम्म बैकिङ कारोबार संचालन हुने बैकले जनाएको छ ।
ललितपुर ,काठमाडौ ,कास्की ,चितवन,मोरङ,सुनसरी ,झापा गरी २० शाखामा बैकले सेवा समय बढाएको हो ।एनआईसी एसिया बैकको देशभर २ सय २४ शाखा कार्यालय ,२ सय १८ एटिएम , ११ वटा शाखारहित बैंकिङ एकाइ र १४ वटा एक्स्टेन्सन काउन्टर रहेका छन ।अहिलेसम्म बैकको ११ लाख ७५ हजार ग्राहक छ ।