
प्रभु बैंकले मुस्ताङ र मनाङमा शाखा स्थापना गरेर सेवा दिन शुरू गरेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ र मनाङसको नासोङ गाउँपालिकाको धारापानीबाट शाखा संचालनमा ल्याएको बैकले जनाएको छ । बैंकबाट सर्वसाधारण र स्थानीय उघमीहरूले विभिन्न कर्जा ,निक्षेप ,मोबाइल बैंकिक ,रेमिटान्स लगाएतको सबै आधुनिक सेवा लिएर आफ्नो आर्थिक विकासमा सहयोग पुग्ने बैंकले जनाएको छ । नासोङ शाखाको नासोङ गाउँपालिकाको अध्यक्ष चन्द घले र थसाङ शाखाको थसाङ गाउपालिकाको अध्यक्ष बुद्धि प्रसाद शेरचनले उद्घाटन गरेको हो ।