१२ कार्तिक २०८३, बुधबार

 

स्वामी ज्ञानानन्द सरस्वती महाराजबाट बागलुङको राधाकृष्ण मन्दिरमा शिवलिङकाे प्राण प्रतिष्ठा र अनावरण

बागलुङ बजारकाे राधाकृष्ण टाेलमा रहेकाे एेतिहासिक मन्दिर राधाकृष्ण मन्दिरमा शिद्दश्वर महादेवकाे शिवलिङकाे वैदिक परम्परा अनुसार प्राण प्रतिष्ठा र अनावरण गरिएकाे छ ।राधाकृष्ण मन्दिरका प्रमुख संरक्षक तथा हरिहर सन्यास अाश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले प्राण प्रतिष्ठा र अनावरण गरेकाे राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले जानकारी दिए ।
बागलुङ नगरपालिका वडा नं ३ किनारा टाेल जन्म घरभई हाल काठमाडौ बसाेबास गर्नु हुने सफल व्यवसायी तथा सामाजिक व्यक्तित्वदय सुकुन्द प्रसाद प्रधान र उहाकाे धर्मपत्नी सरिता देवी प्रधानकाे संकल्प र ईच्छा बमाेजिम उक्त शिवलिङ ,बसाहाकाे मुर्ति ,मण्डप ,तामाकाे छाना लगाएतकाे संरचना निर्माण भएकाे हाे ।
राधाकृष्ण मन्दिरमा साउन १ गते र २ गते पुजा ,रूद्राभिषेक ,अारती ,रूद्री र भजन किर्तनकाे समेत कार्यक्रम भएकाे राधाकृष्ण मन्दिर सेवा समितिकाे सदस्य देवबहादुर श्रेष्ठले बताए ।सुकुन्द प्रसाद प्रधान र सरिता देवी प्रधानकाे अार्थिक सहयाेग र सदभावमा राधाकृष्ण मन्दिरमा व्यवस्थित मण्डप ,स्टिलकाे रेलिङ ,शिव लिंग र त्यसकाे सुरक्षाकाे लागि तामाकाे छाना लगाईएकाे मन्दिरका सचिव हरि प्रसाद शर्माले बताए ।
व्यवसायी तथा सहयाेगी मनका धनी सुकुन्द प्रसाद प्रधान र सरिता देवी प्रधानले विस १९९७ सालमा स्थापना गरिएकाे विघामन्दिरकाे नवनिर्मित भवनमा १२ लाख ५० हजारकाे लागतमा विघार्थीहरूलाई व्यवस्थित रूपले पढनकाे लागि एउटा काेठा निर्माण गर दिनु भएकाे छ ।व्यवसाय लगाएत सामाजिक ,शिक्षा ,धर्म ,स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा प्रधान दम्पतीले मन फुकाएर सहयाेग गर्दै अाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung