बागलुङ बजारको राधाकृष्ण टोलमा रहेको एेतिहासिक मन्दिर राधाकृष्ण मन्दिरमा शिद्दश्वर महादेवको शिवलिङको वैदिक परम्परा अनुसार प्राण प्रतिष्ठा र अनावरण गरिएको छ ।
राधाकृष्ण मन्दिरका प्रमुख संरक्षक तथा हरिहर सन्यास आश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले प्राण प्रतिष्ठा र अनावरण गरेको राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले जानकारी दिए ।
बागलुङ नगरपालिका वडा नं ३ किनारा टोल जन्म घरभई हाल काठमाडौ बसोबास गर्नु हुने सफल व्यवसायी तथा सामाजिक व्यक्तित्वदय सुकुन्द प्रसाद प्रधान र उहाको धर्मपत्नी सरिता देवी प्रधानको संकल्प र ईच्छा बमोजिम उक्त शिवलिङ ,बसाहाको मुर्ति ,मण्डप ,तामाको छाना लगाएतको संरचना निर्माण भएको हो ।
राधाकृष्ण मन्दिरमा साउन १ गते र २ गते पुजा ,रूद्राभिषेक ,आरती ,रूद्री र भजन किर्तनको समेत कार्यक्रम भएको राधाकृष्ण मन्दिर सेवा समितिको सदस्य देवबहादुर श्रेष्ठले बताए ।
सुकुन्द प्रसाद प्रधान र सरिता देवी प्रधानको आर्थिक सहयोग र सदभावमा राधाकृष्ण मन्दिरमा व्यवस्थित मण्डप ,स्टिलको रेलिङ ,शिव लिंग र त्यसको सुरक्षाको लागि तामाको छाना लगाईएको मन्दिरका सचिव हरि प्रसाद शर्माले बताए ।
व्यवसायी तथा सहयोगी मनका धनी सुकुन्द प्रसाद प्रधान र सरिता देवी प्रधानले विस १९९७ सालमा स्थापना गरिएको विघामन्दिरको नवनिर्मित भवनमा १२ लाख ५० हजारको लागतमा विघार्थीहरूलाई व्यवस्थित रूपले पढनको लागि एउटा कोठा निर्माण गर दिनु भएको छ ।व्यवसाय लगाएत सामाजिक ,शिक्षा ,धर्म ,स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा प्रधान दम्पतीले मन फुकाएर सहयोग गर्दै आएको छ ।



















































































































































































































