बागलुङको पर्यटन विकासकालागि बागलुङवासी योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए । पर्यटन समिति बागलुङको बैठकमा प्रजिअ खरेलले उक्त कुरा बताएका हुन् । प्रजिअ वेद प्रसाद खरेलज्यूको प्रमुख आतिथ्यता तथा निसी गाउपालिकाका अध्यक्ष श्री तारा प्रसाद शर्माको विशेष आतिथ्यतामा बसेको बैठकले जिम्मेवारी बाडफाड सहित विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले विधान तयारीको लागि अध्यक्ष राजु खड्का प्रोफाइल तयारीको लागि उपाध्यक्ष राज थापा कार्यालय व्यवस्थापनको लागि सम्पर्क तथा समन्वय सचिव अर्जुन चोखाल गुरु योजना तयारीको लागि सह–सचिव निलेश राजभण्डारी आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष मुकेशचन्द्र राजभण्डारी प्रचार प्रसारको लागि सदस्य दिल शिरिष लाई जिम्मेवारी दिईएको छ ।
पर्यटन क्षेत्रसंग सम्बन्धित व्यवसायी, संघ सस्थासंग समन्वय गरी पर्यटन मैत्री वातावरण निर्माणका लागि कार्यक्रमहरु संचालनगर्ने निर्णय गरेको छ । त्यसै गरी पत्रकार बिजय रानाको उपचारको लागि नगद रु ७ हजार सहयोग गर्ने निर्णय गरेको छ । वैठकले १० स्थानिय तहमा पर्यटकिय क्षेत्रहरुमा जानकारी मुलक होडिङ वोर्डहरु राख्ने निर्णय गरेका अध्यक्ष राजु खड्काले नयाँ विश्वलाई बताए । 
















































































































































































