३० असार २०८२, सोमबार

 

वी पी कोइरालाको अप्रकाशित चिठी

प्रिय दाइ,
मैले तपाईको १ फेब्रेअरीको चिट्ठी हिजो मात्र प्राप्त गरे । यसले मलाई निकै आश्चर्यचकित तुल्यायो र त्यत्तिकै सुखद पनि महसुस भयो । विगत दुई महिनादेखि म बाह्य विश्वबाट पुर्णत विच्छेद भएको छु । तपाईको चिट्ठी बाहिरको जीवन्त विश्वबाट स्वच्छ हावाको रुपमा आइपुग्यो । कस्तो संयोग कि यस अघि स्वतन्त्र व्यक्तिका रुपमा मैले प्राप्त गरेको अन्तिम चिट्ठी तपाईबाट नै थियो र बन्दी भएपछि मैले पहिलो चिट्ठी पनि तपाईबाट नै पाएको छु ।

तपाईलाई सम्झना नै छ , तपाईले करीब दुई महीना अघि मलाई बाबु साहेवको ठेगाना दिएर चिट्ठी लेख्नुभएको थियो, जो अहिले विन्ध्यातल पर्वतमा योगी भएर बस्नुहुन्छ । उहाँ मेरो जीवनमा एक ठुलो प्रभावशाली व्यक्रि रहनुभएको छ । मैले उहाँलाई चिन्तनपुर्ण चिट्ठी लेखेको थिएँ ।
वास्तवमा तपाईले आफ्नो चिट्ठीमा दिनुभएको ठेगाना मैले गोजीमा राखेर हिँडेको थिए, जुनबेला म अकस्मात् गिरफ्तार गरिएँ ।

त्यो चिठी अझै मसँग छ । अहिले फेरि यहाँ कारावासमा तपाईबाट पहिलो चिट्ठी पाएको छु , यसबाट म कति खुशी भएको छु भन्ने लेख्नु यहाँ आवश्यक हुनेछ । मलाई यहाँ कारावासमा कसैसँग पनि र अझै मेरै परिवारका सदस्यहरुसँग पनि सम्पर्क राख्न अनुमति दिएको छैन । मलाई उनीहरु कहाँ र कस्तो छन् भन्ने पनि थाहा छैन । म यहाँ बसेर अधिकाशं पुरुष र केही महिला पनि गिरफतार भएको अनुमान गर्दछु । सुशीला के गर्दैछिन् त्यो मलाई थाहा छैन । मलाई गिरफ्तार गरिंदा केशवको छोरा घाँटीको एक शल्यक्रिया गरेर शान्त भवन अस्पतालमा थिए ।

सबैलाई राम्रै होला भन्ने म आशा गर्दछु । म आफ्नो परिवारको व्यावहारिक र सहयोगी सदस्य नभएको हुँदा मेरो अनुपस्थितिमा कसरी कामकाज चलाउने त्यो उनीहरुलाई थाहा नै छैन । मेरो आफ्नो परिवारप्रतिको अनुत्तरदायित्वको कारण कमसेकम पारिवारिक सदस्यहरुले ममाथि धेरै निर्भर नरहनाले जे सिकेका छन् , त्यो पनि एक गुण हो जस्तो लाग्छ । मेरो आफ्नै सन्दर्भमा मलाई राम्रो हुँदैन । मेरो नजरबन्दीको शरुका केहि दिनमा पेट देखेको र निरन्तर ठण्डीले गर्दा म त्यत्तिको स्वस्थ थिइन ।

अहिले म आफुलाई पुर्णरुपेण सन्चो महसुस गर्दछु , यद्यपि कोरिजा अझै छ र बरावर पेटको कष्ट पनि भइरहन्छ । डाक्टरहरु पुर्णत उपकारी छन् र मेरो घाँटी त्यस्तो कुनै खराबी भएमा यी डाक्टरहरु मात्र यथेष्ट होलान् जस्तो मलाई लाग्दैन , तर भाग्यवश मेरो घाँटी सामान्य रुपमा निको हुदै गइरहेको छ । म नियमित रुपले अभ्यास र केही योगिक आसन गर्दछु , जसबाट मलाई राम्रो भैरहेको छ । मैले अधिकारीहरुलाई व्याडमिन्टन आदि जस्तो बाह्य खेलकुद खेल्ने सुविधा मागेको छु तर मेरो अनुरोधलाई अझसम्म स्वीकार गरिएको छैन ।

म जेलमा पुस्तकहरु पनि पढ्दछु , यद्यपि यहाँ सधै गतिला पुस्तकहरुको अभाव छ । म पुरा र गंभीर रुपमा पढ्न चाहन्छु , विषेशत प्राचीन हिन्दु धर्मसम्बन्धी पुस्तकहरु । हालसम्म मेरो लागि अनन्वेषित समुद्र जस्तो ठानिएको पक्ष प्रारम्भ गर्न चाहन्छु नजरवन्दीमा रहँदो आफ्नो मन गंभीर विषयहरुमा लगाउनुमा नै फलदायी हुन्छ, यसमा चिन्तन र विज्ञान आदिका समस्याहरु हुनुपर्छ । यसले अभ्यासको अभावमा एकान्तपन हुँदा मस्तिष्कलायृ आलसी वा निष्क्रिय पार्दैन , तर यहाँ पुस्तक धेरै कम संख्यामा पाइन्छ , जुन वास्तवमा नोक्सानी नै हो । मैले यहा अध्ययन गर्न चाहेको अर्काे विषय जुन पढेर म आनन्दित हुन्छु ।

तर म संस्कृत क्लासिक्स , कालिदासका कविता र नाटकहरु र वाल्मीकि रामायण आदि अध्ययन गर्न चाहन्छु । संस्कृत साहित्य मेरो लागि एक अत्यन्त महत्वको विषय भएको छ , जुन मैले अझै यसको स्वच्छ गन्धको सुवास लिन सकेको छैन । मैले यस विषयमा धेरै , अति धेरै अभाव महसुस गरेको छु तर यहाँ ती पुस्तकहरु कसरी पो उपलब्ध हुन सक्छन् र ?

आफ्नो पत्रमा तपाईले श्री ५ तथा म बीच पुनर्मेल कायम कसरी हुन सक्छ भन्ने जिज्ञासा राख्नुभएको रहेछ , तपाईले के भन्न खोज्नु भएको हो , त्यो मलाई थाहा भएन । वर्तमान स्थितिको आवश्यकता कसरी पर्न गयो त्यसप्रति मलाई कुनैपनि जानकारी छैन । म यसबारे गंभीर भएर विचार गर्दछु , तर यो दुखद घटना कसरी भयो भन्ने कनै कारण बुझ्न सकेको छैन । म सदैव सम्वैधानिक राजतन्त्रको दृढ हिमायती रहेको छु । राजा तथा जनताका प्रतिनिधिहरु बीच उचित समझदारी तथा कार्यपरिचालनमा सहयोगात्मक भावना हाम्रो देशको स्थानित्व तथा सर्वाङीण प्रगतिका लागि अनिवार्य शर्त हुन् ।

मैले यो समझदारी विस्तारै बढ्दै गइरहेको आशा गरेको थिए र मेरो प्रधानमन्त्रीत्व कालमा मेरो सम्पुर्ण राजनीतिक प्रयास यही उद्धेश्यलाई पुरा गर्ने तर्फ निर्दिष्ट थियो । विभिन्न् व्यक्तिहरु बीच व्यक्तिगत रुचि र अरुचि हुन सक्छ , तर राज्य र राष्ट्रको मौलिक प्रश्नहरु र महत्वपुर्ण पक्ष सानातिना व्यक्तिगत रुचि र अरुचि तथा पुर्णरुपले गल्ती हो भन्ने कुरामा जोडदार र निश्चित रुपले नभनेमा म आफ्नो उल्लेखित विचार र मैले अङ्गीकार गरेको आफ्नो जीवन आर्दशप्रति सत्य वा निष्ठावान् हुन सक्ने छैन ।

म यी शब्दहरु ठुलो वेदनाका साथ यहाँ लेखिरहेछु । नेपालको लागि राजा र जनप्रतिधि बीच सहयोगात्मक भावना हुनुभन्दा अर्काे कुनै उपाय छैन र यसैबाट राजा तथा जनप्रतिनिधिलाई नेपालको अक्षुण्णु गौरव र जनताको हितका लागि एकैसाथ मिलेर काम गर्न बाध्य तुल्याउने छ । तर दुखको कुरा , यसो हुन गैरहेको छैन , यसले मलाई चोट पु¥याएको छ ।

यो साधारण सत्यता किन महसुस गर्न सकिदैन , उक्त घटना किन घट्यो भन्नेमा मलाई आश्चर्य लाग्दछ । म यहाँ आफ्नो भाववेशमा बहनुपरेकोमा दुखित छु , यसका लागि कृपया मलाई क्षमा गर्नुस् । तर यो सत्यता नेपालका लागि यति साधारण र यो बाटो यति सोझो छ कि, तपाईले मलाई यहाँ भेट्नुहुँदा हामी यसउपर छलफल गर्नेछौ । भाउजुलाई नमस्कार । तपाईले आफ्नो पत्रमा मसँग अन्तर्वार्ताका निम्ति प्रयास गुर्नभएको छ , म यस भेटघाटको प्रतीक्षामा छु ।
तपाईको
विशु

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung