३ कार्तिक २०८३, सोमबार

 

काँठेखोलामा पुग्यो ग्रीन बैंक

बागलुङमा केन्द्रीय कार्यालय रही ३ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरेको ग्रीन डेभलपमेन्ट बैंकले शनिबार काठेखोला गाउँपालिका–२ अक्षेतेमा चौँथो शाखा विस्तार गरेको छ । बैंकको शाखा उद्घाटनलाई संबोधन बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले पहिलो पटक काठेखोलामा बैंकको शाखा विस्तार भएकोमा खुसी व्यक्त गर्दै बैङकले नाफा कमाउन तर्फ मात्र नगइ जनतालाई गुणस्तरीय सेवा दिन तर्फ लाग्न आग्रह गरेका छन् ।

थापाले काठेखोलामा भएका व्यवसायी र अन्य संघ संस्थासँग समन्वय गरी अगाडी बढ्नु पर्नेमा जोड दिँदै यहाँको हरेक किसिमका विकास विमार्ण कार्यहरु लगाएत व्यवसायीलाई महत्वपूर्ण राहत मिल्ने अपेक्षा गरेको बताए । उनले गाउँपालिकाले गर्ने रहेक बैङकिङ गतिविधिका लागि बागलुङ बजार धाउनु पर्ने अवस्था यस बैङ्ले हटाउने अपेक्षा गरेको बताए । सो अवसरमा बैङले नेपाल पत्रकार महासंघ बागलुङको निर्माणाधिन भवनको लागि ११ हजार १ सय ११ सहयोग गरेको थियो ।

यो बैङ्क बागलुङ, पोखरा र म्याग्दीका संचालन हुँदै आएकोमा अब जिल्लाको बुर्तिबाङ, गलकोट लगाएका स्थानीय तहहरुमा विस्तार गर्ने बैङ्कले जनाएको छ । शाखा उद्घाटन कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका अध्यक्ष जब्बर बहादुर लामिछाने, काठेखोला गाउँपालिका–८ की वडाअध्यक्ष चित्रकला छन्त्याल श्रीस, ६ का अध्यक्ष युक्तप्रसाद कंडेल र २ का अध्यक्ष विद्यापति शर्माले मन्तव्य व्यक्त गरेका थिए । बैङ्कको शनिबार ५ औँ स्थापना दिवस समेत परेको थियो । सो अवसरमा बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यन्न वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung