१२ कार्तिक २०८३, बुधबार

 

नबसिर्जना युवा क्लब ताराखोलाको तीज गित तथा दर खाने कार्यक्रम सम्मन्न

नबसिर्जना युवा क्लब तारा र सिर्जनशिल महिला समूहको संयुक्त आयोजना मा चेतनामूलक तिजगित प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसा अन्त्यका लागि शिक्षित समाजको आवश्यकता बिषयक तिज गित प्रतियोगितामा आयोजक समूह को टिम प्रथम, सुरक्षित मातृत्व महिला समूह ताराखोला गापा ५ तारा दित्तिय र जनजागरण महिला ताराखोला गा पा ४ तारा तृतीय हुँदै क्रमश नगद ५ हजार, ३ हजार र १ हजार ५ सय प्राप्त गरेका छन

कार्यक्रम मा बोल्दै ताराखोला गाउँ पालिका वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले कार्यक्रमका अबसरमा सहभागी दिदी बहिनीहरुले व्यक्त गरेका गितका भावहरु साच्चिकै अनुशरणीय रहेका बताए । उनले अशिक्षा कै कारण अझै पनि महिला हिंसा घटना घटिरहेका भन्दै तिजको अबसरमा सान्दर्भिक बिषयबस्तु छनोट गरि प्रतियोगिता आयोजना गरेको मा आयोजक लाई धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रमको अबसरमा नेकपाका जिल्ला सचिवालय सदस्य धन बहादुर खत्री , ताराखोला गाउँपालिकाका वास संयोजक भिमा रोका पुन वडा न ४ का वडा सदस्य सपनादेबी बुढाथोकी लगायत ले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अबसरमा उपस्थित सम्पूर्ण अतिथि सहभागी तथा दर्शक हरुलाइ महिला संजाल वडा न ४ को संयोजनमा दर खुवाइएको थियो ।

कार्यक्रम नबसिर्जना युवा क्लबका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता सदस्य मन बहादुर घर्तीको संचालन र सिर्जनशिल महिला समूह कि सचिब तुलमाया घर्तिको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung