१२ कार्तिक २०८३, बुधबार

 

अखिल छैठौंद्वारा अतिरिक्त कार्यक्रम सम्पन्न

राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौंले खड्गदेवि मावि बडिगाड १ दगामा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल छैठौंका महासचिव भिमलाल पोखरोलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि अखिल छैठौंका महासचिव भिमलाल पोखरेलले विद्यार्थी कोरा ज्ञानमा सिमित नभई देश र जनताको अवस्थाको बारेमा पनि जानकार हुनुपर्नेमा जोड दिए । अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता र सृजनाशिलतमा बृद्धि ल्याउन संगठनले यस्ता कार्यक्रम सञ्चालन गरेको पनि जानकारी दिए दुव्यशनी र अन्धविश्वास विरुद्ध पनि संगठनले जनचेतनाको कार्यक्रम सञ्चालन गरेको बताउँदै पोखरेलले अवको समाजको जिम्मेवारी विद्यार्थीको काधमा आएकाले आफ्नो आचरणमा सुधार ल्याउन विद्यार्थीलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष बोम बहादुर थापा, वडा सदस्य अनिल गिरी र विद्यालयका प्रधानाध्यापक वेदप्रसाद पोखरेलले शुभकामना दिएका थिए । कार्यक्रम हिरा बहादुर दर्लामीको अध्यक्षता, कर्ण बहादुर नेपालीको सञ्चालन र सृजना गिरीको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

माध्यामिक तहको बक्तृत्वकला प्रतियोगितामा सागर बन प्रथम, विपना दर्लार्मी द्धितीय, सनम भुजेल तृतीय र लक्ष्मी थापा सान्त्वना भएका थिए । त्यस्तै आधारभुत तहको रेकर्ड डान्समा दशरथ सदनका अनिता वन र धनमाया थापा प्रथम, धर्म सदनका पुष्पा भुजेल र करिश्मा भुजेल द्धितीय, गंगा सदनका देवी राना र करुणा घर्ति तृतीय र सुक्र सदनका चन्द्रा दर्लामी र सागर दर्लामी सान्त्वना भएका थिए ।

यसैगरी प्रावि तहको हाजिरीजवाफ प्रतियोगितमा रेड हाउस गु्रप प्रथम, ग्रिन हाउस ग्रुप द्धितीय र एल्लो हाउस गु्रप तृतीय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung