१२ कार्तिक २०८३, बुधबार

 

पाण्डबखानीमा दरखाने कार्यक्रम समापन

- बलात्कारी हत्या हिंसाकोबारे गित र नाच प्रस्तुत

बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा दर खाने तथा तिज गित र नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ। महिला जागरण केन्द्रको आयोजना र प्रगतिशिल आमा समूह बगरको सहआयोजनामा भएको तिज कार्यक्रममा केन्द्रका अध्यक्ष राधिका पुनको सभापतित्यो पाण्डवखानीका बरिस्ठ समाजसेवी तथा पाण्डवखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालको प्रमुख आतिथ्यता महिला जागरण केन्द्रका सचिव रुपा श्रीसको स्वागत मन्व्य संगै सुरु भएको कार्यक्रममा तिज गितबाट उट्घाटन भएको थियो।

कार्यक्रम १९ टिमको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन भने आशा श्रीसले गरेका थिए । उक्त कार्यक्रममा भाग लिने सबै टिमलाइ १ हजारको दरले पुस्कृत गरिएको थियो।कार्यक्रममा जेष्ठ महिला जोकमाया पुनलाइ सम्मान गरिएको थियो। कार्यक्रममा गितैबाट दुख व्यथाका गित गाउदै नाच्दै गरेका थिए।

तर यसपालिको तिजमा गितैबाट बलात्कारी हत्या हिंसाको बारेमा गाउने नाच्ने गरेका थिए। कार्यक्रममा शुभकामना दिने वक्ताहरुले तिजको अवसरमा प्रत्येक वर्ष महिला जागरण केन्द्रले कार्यक्रम राख्ने गरेको र पछिल्लो क्रममा अझ थप कार्यक्रमहरु ल्याएको र घुम्ती कार्यक्रम राखेको भन्दै शुभकामना दिएका थिए।

विशेषगरी महिलाहरुको चार्ड भएपनि पुरुषहरुको धेरै सहभागीता रहने गरेको र पुरुष पनि नाचगान गर्ने गर्दछन् पाण्डबखानीमा भने कार्यक्रम समापन भएपछि सोहि स्थानमा बसि छुट्टै किसिममा महिला र पुरुष बसेर पुराना तथा नयाँ तिज गित गाउने नाच्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung