१२ कार्तिक २०८३, बुधबार

 

वरिष्ठ गायक नारायण रायमाझी ताम्रपत्र सहित सम्मानित

वामी विश्व सम्पर्क मञ्च, गुल्मीले वरिष्ठ गायक, संगितकार तथा निर्देशक नारयण रायमाझीलाई ताम्रपत्रले सम्मान गरेको छ। नौमति वाजा महोत्सव २०७५ को अवसर पारेर रायमाझिले नेपाली साँगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो ताम्रपत्र प्रदान गरिएको हो।
पाल्पाको झडेवामा जन्मी नेपाली लोक संगितमा पुर्याएको योगदानको कदर गरिएको हो। नेपालीहरुले भोगेका दुःख र वेदनाहरुलाई जस्ताको तस्तै टपक्क टिपेको र लोपउन्मुख कलासंस्कृतिलाई जोगाएकोले कलाकार रायमाझिलाई सम्मान गरेको नौमति वाजा महोत्सवका संयोजक वैकुण्ठ रायमाझिले वताए ।

कलाकार रायमाझिले वामी टक्सारमा भएको नौमति वाजा महोत्सवमा सहभागि भए वापत पाउनुपर्ने कुनै पनि पारिश्रमिक नलिने र महोत्सवलाई थप सहयोग गर्ने बताएका छन् । कार्यक्रम संयोजक वैकुण्ठ रायमाझिका अनुसार गायक रायमाझिले कुनै पारिश्रमिक नलिने तथा कार्यक्रमको भिडियो प्रकाशन गरेवापत आउने रकम समेत महोत्सवकै लागि खर्च गर्ने भएका हुन् । यसैविच वामी विश्व सम्पर्क मञ्चले वामीमा भएको नौमति वाजा महोत्सव २०७५ को कुनै पनि भिडियो आयोजकको अनुमति विना सार्वजनिक नगर्न अनुरोध समेत गरेको छ।

युटुव लगाएतका सामाजिक संजालवाट प्राप्त हुने आम्दानीलाई संस्कृति सम्बर्दनमा लगाउने योजना रहेको कार्यक्रम संयोजक रायमाझिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung