२७ भाद्र २०८३, शनिबार

 

बागलुङ कालिका, ढोरपाटन र भैरवथान सरकारले छानेका १०० पर्यटकीय स्थलमा परे, कुन जिल्लाको के हेर्नुहोस्

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

या सय वटा गनव्यमा बागलुड कालिका भगवती मन्दिर ,ढोरपाटन शिकार आरक्ष र भैरवथान परेको छ । लामो समयको प्रयास र निरन्तरको कोशिसपछि बागलुडको यो तीन गन्तव्य स्थललाई पर्यटन मन्त्रालयले छनोट गरेको हो बागलुड पर्यटन विकास मंचका अध्यक्ष राजु खडुकाले बताए । हामी यो निर्णयबाट धेरै खुशि र आशावादी भएका छौ थप गनव्यको छनोट , पुर्वाधारको निर्माण र स्थानीय तहको नेतृत्व र समुदायुसंग सहकार्य गरेर बागलुडको पर्यटन विकासमा लाग्नु पर्छ खडूकाले भने ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यस मध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइनेछन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

कुन जिल्लामा कुन नयाँ गन्तब्य ?

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung