५ कार्तिक २०८३, बुधबार

 

नेपालकाे आर्थिक वृद्धि ६ प्रतिशत : विश्व बैंक

विश्‍व बैंकले आगामी तीन आर्थिक वर्षसम्म नेपालको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

विश्‍व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल अपडेट’ प्रतिवदेनले सन् २०२१ सम्ममा ६ प्रतिशतको औसत आर्थिक वृद्धि रहने उल्लेख गरेको हो ।

सरकारले १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा विश्‍व बैंकले भने ६ प्रतिशतको रहने प्रक्षेपण गरेको हो। विश्‍व बैंकको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०१९ ०२० मा ५.९ प्रतिशत र २०२० ०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रक्षेपण गरेको छ।

विश्‍व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ। बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले विगतको तुलनामा नेपालले राम्रो गरे पनि त्यति मात्रैले नुपुग्ने बताए।

उनले सरकारले केही गर्न खोजे पनि विगतमा नै धेरै काम गर्न नसेकेको कारण पर्याप्त नभएको समेत उल्लेख गरे। ुनेपालको विकासका लागि सबै विकल्पहरू खोल्नुपर्छु, फ्यानले भने।

विश्‍व बैंकले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी रेमिट्यान्सले योगदान दिएको उल्लेख गरेको छ भने प्रमुख चुनौती बढ्दो व्यापार घाटा रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २।८, औद्योगिक क्षेत्रको वृद्धिदर ८।८ र सेवा क्षेत्रको वृद्धिदर ७।१ प्रतिशत रहने अनुमान गरिएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले नेपाल सुधारको बाटोमा रहेको बताए। ुसरकार समृद्ध नेपाल, सुखी नेपाली अभियान अघि सारेर अघि बढेको छु, खतिवडाले भने। उनले डुइङ विजनेसमा नेपाल केही खस्किएको देखिए पनि नेपालमा व्यावसायिक वातावरण बन्दै गएको बताए।

बैंकको एक प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरूको सूचीमा नेपाल १०५औँ स्थानमा परेको समेत उल्लेख छ। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर तीव्र अंकको आर्थिक वृद्धि गर्ने अर्थमन्त्री खतिवडाको भनाइ रहेको छ।

उनले पुराना नीति नियमहरू सुधार हुँदै गएको अवस्थामा व्यावसायिक वातावरणलाई सहयोग पुर्‍याउने अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung