गुल्मीमा एक ब्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेपछि चार बालबालिकाको बिचल्ली भएको छ।
श्रीमतीको हत्या गरी फरार रहेका गुल्मीको मदाने, ६ पुर्कोटदह पनाहका दुर्गा बहादुर नेपालीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। नेपालीले कात्तिक १५ गते श्रीमती सीताको हत्या गरेका थिए।
उनका तीन छोरा र एक छोरी छन्। श्रीमतीको हत्यापछि बालबालिकाको बिचल्ली भएको स्थानीयले बताएका छन्। उनीहरु अहिले गाउँपालिकाको सहयोगमा छिमेकी ओम बहादुर नेपालीको संरक्षणमा रहेको गाउँपालिकाका प्रमुख दानबहादुर केसीले जानकारी दिए।
उनीहरुको जिम्मा कसले लिने भन्ने समस्या रहेको छिमेकीले बताए।
तिजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।


















































































































































































































