५ कार्तिक २०८३, बुधबार

 

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

आइएमई पे मोबाइलमनीमार्फत मोबाइलफोनको माध्यमबाट विविधवित्तीय सेवाउपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मेगाबैंकको तर्फबाट निमित्तप्रमुखकार्यकारी अधिकृत रविना देशराजश्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालकअधिकृत डेनियल डी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्थाहुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खातालिङ्कगर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकमजम्मागर्ने जस्ता सेवाहरू प्राप्तगर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ माउपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवापनिप्राप्तगर्न सक्नेछन् ।

१६हजार भन्दा बढी एजेण्ट आउटलेट संजालभएको आइएमई डिजिटल, आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायककम्पनीहो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइलवालेट सेवाउपलब्ध गराउदै आएको छ र यसको मद्दतबाट सेवाग्राहीआफैले वाएजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्नकिसिमकाभुक्तानी सम्बन्धीकार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिकाबीचमाहुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरूमाक्युआर मार्फत भुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासीतथाकार्यालयकाबिलहरू भुक्तानीगर्ने कार्यमा सहयोग गर्दछ ।

आईएमई डिजिटलसंगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिकवित्तीय सेवाहरूको पहुँचउपलब्धहुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदानपुग्नेआइएमई डिजिटल र मेगा बैंकको विश्वास छ ।

-मेनुका भण्डारीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung