७ कार्तिक २०८३, शुक्रबार

 

बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

उदयपुर, ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ बाट नजिकैको पिकनिक स्थलबाट बनभोज खाएर फर्कदै गरेको ट्याक्टर रंगमहलको उकालोमा दुर्घटना भएको हो ।

स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते ३ जनाको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेकाहरूलार्इ स्थानीयले उद्धार गरी घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ५ जनासहित ३० जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung