, कार्तिक २८ ।
साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।
मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बुधबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।













































































































































































































