२६ भाद्र २०८३, शुक्रबार

 

पञ्चकोटमा केवलकार लैजाने विषयमा स्थानीयको असन्तुष्टि

बागलुङ बाजारको उपल्लाचौरदेखि पञ्चकोटसम्मे केबलकार निर्माण गर्ने विषयमा स्थानीय रुपमा पहिल्यैदेखि असन्तुष्टि देखिन्थ्यो । केवलकार निर्माण गर्ने विषय अघि आउँदा स्थानीयले असन्तृष्टि व्यक्त गर्दै आएका थिए । पछिल्लो पटक केवलकार निर्माण गर्ने गरि पञ्चकोट केवलकार प्रालिले प्रक्रिया अघि बढाएको समाचार सञ्चार माध्यममा आएपछि फेरि असन्तुष्टि पोखिन थालेको छ । निमार्णाधिन सर्वसिद्धधाम पञ्चकोटको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई प्रभावित पार्ने गलत नियतले साथ केवलकार संचालन गर्ने भनि आएको समाचार प्रति नेपाली काङग्रेस बडा समिति बागलुङ नगरपालिका–६ ले आपत्ति जनाएको छ ।

शुक्रवार वडा समितिले एक विज्ञप्ती जारी गर्दै केवलकार संचालनको लागि प्रभावित क्षेत्रका स्थानियसँग रायसल्लाह नै नगरी एक्कासी केवलकार संचालनको तयारी गरिएको समाचार आउनु यस क्षेत्रका जनताको लागि निकै दुखद खवर भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
धार्मिक पर्यटकिय गन्त्यव्यको रुपमा विकसित हुदै गएको पञ्चकोट यो अवस्थामा आउन आम नगर बासीको उत्तीकै योगदान रहेको र अवका दिनमा पनी यसको महिमा कायम राख्न सवैको सहयोग आवश्यकता रहेता पनी यसको महत्वलाई छायांमा पार्ने कुनियतका साथ केवलकार संचालनको कुरा ल्याइएको विज्ञप्तीमा जनाईएको छ ।

नेपाली काङ्ग्रेस वडा समिति सह संयोजक पदम बहादुर क्षेत्रिको हस्ताक्षर रहेको विज्ञप्तीमा केवलकार संचालन गर्दा मुख्य तय बानपा ५, ६र ७का नगरबासी हरु पुर्णरुपमा ओझेलमा पर्नुको साथै यहाका कतिपय स्थानियको रोजिरोटी समेत खोसिने तथा यहा हुने खेतिबालिमा नकरात्मक प्रभाव पर्ने भएकाले आफुहरुले विरोध गरेकोे बताईएको छ । साथै आगामी दिनमा यसको विरोध गर्नको लागि यहाका अन्य राजनैतिक दल तथा आम जनसमुदाय सग छलफल गरी सर्घंष समिति गठन गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung