२६ भाद्र २०८३, शुक्रबार

 

१० लाख पर्यटक भित्रिएपछि गण्डकी प्रदेशमा केक काटेर खुसियाली

पर्वत । गण्डकी प्रदेश सरकारले अपेक्षा गरिएको भन्दा बढी पर्यटक भित्रिएको खुसियालीमा केक काटेर खुसियाली बाँडेको छ । गण्डकी प्रदेशमा १० लाख भन्दा बढी पर्यटक भित्रिएको भन्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उत्सव मनाएका हुन् ।

नेपालमा सबैभन्दा बढी (डिसेम्बर महिनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा मनाइएको हो ।

सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको तथ्याङ्क रहेको थियो । सो अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताए ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको सङ्ख्या टाउकै गनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको जानकारी दिए । उनका अनुसार त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung