इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले उद्घाटन गर्दै सहकारीले शेयर सदस्यको आर्थिक समृद्धी हुने कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका थिए ।
सहकारीले गण्डकी क्षेत्रमै उल्लेखनीय काम गर्नुलाई सकारात्मक कदमको रूपमा लिन जरुरी रहेको सापकोटाले बताए ।
हामीले चाहेजस्तो मुलुकलाई किन परिवर्तन गर्न सकिएन यश तर्फ सबै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने सापकोटाले भने ।सरकारले सन् २०२० सालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ यसले हाम्रो जनताको आर्थिक समृद्धि तर्फ भुमिका खेल्ने सांसद सापकोटाले भने ।भएको राम्रो जन शक्ति अमेरिका अस्ट्रेलिया गएर बस्ने अनि सामाजिक संजालमा नेपाल बनेन भनेर चिन्ता गर्नु ब्यर्थ हुने सापकोटाले भने ।
साधारणसभामा शुभकामना मन्तब्य बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीष नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी समाजसेवी देबबहादुर श्रेष्ठ साहित्यकार काजी रोशन लगायतका बक्ताहरूले ब्यक्त गर्नुभएको थियो ।
सहकारीले उत्पादनमूलक कार्यक्रम ल्याउन नसकेसम्म सामाजिक रूपान्तरण हुन नसक्ने धारणा राखेका थिए । साधारणसभाको अध्यक्षता इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देब कुमार नेपालीले स्वागत मन्तब्य धनबहादुर परियारले कार्यक्रम संचालन युगेन्द्र बिश्वकर्माले गरेका थिए ।
इमेज सहकारीले सहकारीमा उत्कृष्ट बचत कर्ताहरूलाई मायाको चिनो दिएर सम्मान गरेको थियोे । सहकारीले राम्रो काम गर्ने कर्मचारी लाई समेत सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक बर्ष २०७४र७५ मा २९ करोड ८ लाख २ हजार ७ सय ८२ रूपैयाँको कारोबार गरेको हिसाबकिताब सहकारीका अध्यक्ष देबकुमारीले प्रस्तुत गरेका थिए । सहकारीले गरेको नाफा मध्य बागलुङको मानव सेवा आश्रम लाई २५ हजार नेपाल पत्रकार महासंघ बागलुङको नयाँ भवनको लागि थप १ लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ , हटीया र गण्डकी प्रदेश पोखरामा समेत सेवा दिदै आएको जानकारी साधारणसभा गराइएको थियो ।






















































































































































































































