बेनीको कालीपुल बसपार्क स्थित पर्यटक सूचना केन्द्र परिसरमा मंगलबार म्याग्दी भ्रमण वर्ष २०७५ को लोगो अंकित स्तम्भको अनावरण गरिएको छ ।
म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रर्वद्धनमा सघाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालित भ्रमण वर्षको अवसरमा काठको स्तम्भ स्थापना गरिएको हो ।
स्तम्भको म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष चक्रबहादुर थापा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले अनावरण गरेका थिए । बेनी भ्रमणमा आउने पर्यटकहरुले स्तम्भमा उभिएर तस्विर खिचाउन सक्ने म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्यले बताए ।
प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, म्याग्दी उद्योग वाणिज्य संघ र मोनाका पदाधीकारीहरु सहभागि स्तम्भ अनावरण कार्यक्रमको सहजिकरण म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले गरेका थिए ।
















































































































































































