८ कार्तिक २०८३, शनिबार

 

सयपत्री सहकारीले दिन्छ कर्मचारीलाई पेन्सन: साधारण सभामा पेश हुने नीति कार्यक्रम सार्वजनिक

गलकोटको सयपत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभामा पेश हुने नीति कार्यक्रम र संस्थाका गतिविधि सार्वजनिक गरेको छ । संस्थाले पत्रकार सम्मेलन गरि १२ औँ बार्षिक साधारण सभामा पेश हुने कार्यक्रम बारे सार्वजनिक गरेको हो । सहकारीको १२ औँ वार्षिक साधारण सभा पुस २१ गते हुँदैछ ।

विभिन्न नीति पेश हुने
साधारण सभामा बचत नीति २०७०, ऋण नीति २०७०, आर्थिक प्रशासन नीति २०७० संसोधन गरि २०७५ लागु गर्ने, बिनियम संशोधन २०६८ लाई संशोधन गरि २०७५ लागु गर्ने, सामाजिक सुरक्षा कार्यविधि, सुशासन नीति, निर्वाचन निर्देशिका, जोखिम ब्यवस्थापन निति २०७५ लागु गर्नका लागि साधारण सभामा पेश गरिने सहकारीका अध्यक्ष चिन्तामणि शर्माले जानकारी गराए ।
उ

नले सहकारीमा ऋण लगानी सम्बन्धि नीति (फाईभ सी) लागु गर्ने तयारी गरिएको बताए । ‘पछिल्लो समय गल्कोटमा ऋण लिने र उदेश्य अनुसारको क्षेत्रमा लगानी नभएको अवस्थामा हामीले फाईब सिको प्रावाधान लागु गर्ने नीति अगाडि सारेका छौँ,’ उनले भने, ‘यो नीतिअनुसार कुनै पनि ब्यक्तिले पाँच ओटा सि अन्तर्गत ६० अंक प्राप्त गरे मात्रै सहकारीले ऋण दिन्छ ।’ अध्यक्ष शर्माले आम्दानीबाट खर्च गररे बाँकी रहेमात्रै बचत गर्ने नभई आम्दानीको निस्चित हिस्सा छुट्याएर बचत गरेपछि खर्च गर्ने बानी बसाल्न सहकारी प्रयासरत रहेको बताए ।

यी योजना पनि
अहिलेको साधारण सभामा संस्थाको भवन स्तानान्तरण गर्ने, नमुना कृषि तथा पर्यटन परियोजना लागु गर्ने, सञ्चालक समिति, कर्मचारीहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम सञ्चालन गर्ने, भवन निर्माण र जग्गा ब्यवस्थापन लगायतका बिषयलाई पनि पेस हुने सहकारीका सचिव हेमराज गैरेले बताए ।

डेढ करोड सेयर पुँजी
सचिव गैरेले सहकारीबाट २ करोड ६१ लाख ५६ हजार १ सय सेयर पुँजी, ८ करोड ४७ लाख ३८ हजार ६ सय निक्षेप र ९ करोड ५६ लाख ५० हजार ४ सय ऋण लगानी गरेको बताए । उनले सहकारीले १५ आना जग्गा समेत किनिसकेको बताए । २०६४ साल असार १ गते २८ जना सेयर सदस्यको ५५ हजार सेयर पुँजीबाट सुरुवात गरिएको सहकारीले साउन १ गतेदेखि ९९ जना सेयर सदस्य बनाई १ लाख ९८ हजार सेयर पुँजी संकलन गरेको थियो ।

सामाजिक सुरक्षा र कृषि विकास कोष
सहकारीले सामाजिक सुरक्षा कोष र कृषि बिकास कोष समेत बनाएको सहकारीका प्रबन्धक रबिलाल सुवेदीले बताए । सामाजिक सुरक्षा कोषबाट भुकम्प पीडित, गम्भीर स्वास्थ्य समस्याको उपचारका लागि सहयोग गर्दै आईरहेका छ ।
संस्थाले गल्कोट नगरपालिका वाड नम्बर–४ चमुवामा अलैची खेति गरेको छ । सहकारीले निलुवामा हनिहन्टिङ सञ्चालन गर्दा समेत सहआयोजकको भुमिका निर्वाह गरेको थियो ।

कर्मचारीलाई पेन्सन
सहकारीले कर्मचारी पेन्सनको ब्यवस्थापन समेत गरेको छ । जसले गर्दा कर्मचारीहरुलाई संस्था छोडने र भबिष्यको चिन्तालाई कम बनाएको सहकारीका कोषाध्यक्ष ओमकार सुवेदीले बताए । कर्मचारीले काम गरेको आधारमा ५ बर्ष, १० बर्ष १५ बर्ष, २५ बर्षका आधारमा मुल्याकन गरि एकमुष्ट पेन्सन प्रदान गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता र सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung