११ कार्तिक २०८३, मंगलवार

 

एघार वर्ष कतार बसेका अदैले आफ्नै गाउँमा ३३ कर्मचारीलाई खुवाउँछन् तलब

एघार वर्षसम्म कतारमा बसेर मिहिनेत गरेका ढोरपाटन नगरपालिका १ बुर्तिबाङका एक युवा व्यवसाहिले आफनै गाउँमा विभिन्न पेशा व्यवसाय सुरु गरेसंगै यतिबेला ३३ जनालाई रोजगारी दिएका छन् ।

रोजगारीको क्रममा खाडी मुलुकमा धेरै अनुभव बटुलेका स्थानीय युवा दिपक कुमार अदैले बागलुङको बुर्तिबाङ बजारमा सञ्चालमा ल्याएको कन्ट्रक्सन, वर्कसप तथा विभिन्न सवारीका साधानमा गरी स्थानीय र बाह्रय गरी ३३ जनालाई आफुले रोजगारी दिएको बताए ।

अव विदेशमा मात्र होईन आफनै गाउँमा केहि गर्नुपर्छ भन्ने मान्यताका साथ गतबर्ष देखि एसि कन्ट्रक्सन, वर्कसप, सञ्चालन गरेका अदैको फर्ममा यतिवेला विहानदेखि बेलुकासम्म कर्मचारी ÷कामदार व्यस्त देखिन्छन । मासिक रुपमा कर्मचारी खर्चमात्रै ६ लाख ५० हजार भुक्तान गर्ने उनले बताए । हाल कन्ट्रक्सनमा १७ जना, वर्कसपमा १० जना, दोजरमा २, ट्रिपरमा १, ट्याक्टरमा १, जेसिवीमा १ र लेखापाल १ गरी रहेको उनले बताए ।

पछिल्लो समय सामाजिक कार्यतर्फ समेत अग्रसर रहेका अदैले आर्थिक बर्ष २०७५÷७६ मा राज्यलाई ३६ लाख बढिको कर तिरेको बताउँदै बार्षिक रुपमा आफुले कमाएको रकमको मुनाफाबाट २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने समेत उद्धघोष गर्दे आउनु भएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका ७ बोबाङमा जन्मिएका अदै यतिबेला बुर्तिबाङमा स्थाई बसोबास गर्दे व्यवसाय संगै सामाजिक कार्यतर्फ समेत अग्रसर हुँदै गएका हुन् ।

हाल सामाजिक क्षेत्रतर्फ ढोरपाटन नगर स्तरीय चेम्बर अफ कर्मसका अध्यक्ष, बुर्तिबाङ ट्याक्सी यातायात व्यवसायि समितीका कोषाध्यक्ष , ढोरपाटन नगर स्तरीय खानेपानी आयोजनाका सचिव पदमा रहेका उनि कतारमा रहँदा ४ बर्षसम्म बुर्तिबाङ ढोरपाटन सेवा समाज कतारको अध्यक्षको रुपमा समेत रहेका थिए ।

२०८४ सालसम्म व्यवसाहिक क्षेत्रमा जुट्ने लक्ष्य लिएका उनले भने मैले सामाजिक काम र आफनो व्यवसाय यो समयमा संगै अगाडी बढाउँछु जब १० बर्ष व्यवसाय गरेसंगै विशुुद्ध सामाजिक कार्यमा जुट्ने प्रतिबद्धता समेत जनाए ।

धेरै क्षेत्रमा मिहिनते गरेका अदैको शन्देश छ आफनै गाउँमा लगानी गर्न सके पैसा कमाउन समस्या छैन् अर्कातर्फ स्थानिय युवा पिंडिलाई रोगजारी दिन सके थप राम्रो हुने बताउँदै लाखौँ रुपैया खर्चिएर बैदेशिक रोजगारी तर्फ आकर्षित हुनु पछिल्लो परिवेशमा जायज नहुने उनको तर्क छ ।

यो पनि पढ्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung