क्युवाका जनताहरुको लामो सङ्घर्षको परिणमस्वरुप तानाशाह वाटिस्टा भाग्नु परेको छ । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नयाँ सरकारले ठुलो उपलपब्धि हाँसिल गरेको छ । फेरि पनि त्यसको विश्लेषण गुर्न, कार्यको मुल्याङ्कन गर्नु र क्युवाली क्रान्तिका आयामलाई ठिक ठिक देखाउनु आवश्यक छ । यो राष्ट्रिय क्रान्ति जो कृषिक्षेत्रमा मुख्यतया आधारित छ र जसलाई मजदुर एवम् मध्यमवर्गको र अब त उद्योगपतिहरुको समेत समर्थन छ , जसले विश्वव्यापी महत्व प्राप्त गरेको छ । क्रान्तिको खास विशेषताका कारण जनताको दृढ इच्छाशक्ति अरु बढाइदिएको छ ।
त्यहाँ जारी गरिएका कानुनको संक्षिप्त नै भए पनि चर्चा गर्नु जरुरी छ । यी कानुन नि सन्देह लोक हितका लागि बनेका छन् र तीमध्ये केही चुनेर उसको तार्किक श्रृङ्खलालाई देखाउनु छ । जसको क्युबाली जनताको समस्याप्रति सरोकार राख्नेहरुलाई कदम कदम अघि बढाउन मद्दत गर्नेछ ।लगानसम्बन्धि कानुन, विजुलीको मुल्यमा कमी, टेलिफोन कम्पनी सरकारको हस्तक्षेप दरमा कमी, यस्ता कयौ कदम तीव्र रुपमा अगाडि बढे । देशका परजीवीवर्गको घैटोमा घाम लाग्यो जो फिडेल क्यास्ट्रोलाई वा अन्य क्रान्तिकारी नेताहरुलाई परम्परागत राजनीति झै फसाएर फाइदा लिन सकिन्छ भन्ने ठान्दथे । विस्तारै उनीहरुलाई खतरा महसुस हुन लाग्यो । त्यहाँ त नेताहरुमा पृथक दाह्री मात्र हैन , जनताको दिलमा समेत गहिरो क्रान्तिको छाप परिसेको थियो । नेता र विजयी छापामार त विस्तारै कम्युनिज्मतर्फ गएको उनलाई लाग्न थाल्यो र कम्युनिष्ट नाम दिएर विरोध गर्ने मञ्च निर्माण गर्न थाले ।
पर्ति जमिनसम्बन्धि कानुन वा किस्तामा बिक्रीसम्बन्धी कानुनले चुसाहा पुजीँपतिहरुलाई आगोमा परेजस्तो भान हुन थाल्यो । तर यो त प्रतिक्रियावादीहरुसँगको सामान्य झडप थियो र अझै पनि उनीहरुमा आशा बाकी थियो कि फिडेल क्यास्ट्रोलाई सम्झाइबुझाई गरेर लोकतान्त्रिक धारमा ल्याउन सकिन्छ ।तर जब कृषिसुधार कानुन आयो, उनीहरुलाई गम्भीर झट्का लाग्न गयो । जस जसलाई कानुनले गाह्रो परेको थियो अब उनीहरुले बुझिसकेका थिए । सुरुवातको चरणमा प्रतिक्रिया दिने भोपु गास्टो बाकेरो पनि एक थियो, जो स्पेनी तानाशाहीको शरणमा गएर जीवन विताउन थाल्यो अझै पनि केही यस्ता व्यक्ति थिए, कानुन त कानुन त कानुन हो , अरु सरकारले पन कानुन जारी गर्दथे जसको उदेश्य जनतालाई सहायता गर्नु हुन्थ्यो । तर यी कानुन लागु गर्न बिल्कुल फरक कुरा थियो ।
एउटा निकै चर्चित उत्पादन , जो संक्षिप्त रुपमा आइ एन आर को नामले चिनिन्थ्यो । जसले सुरुमा सुचना केन्द्रका रुपमा देशभरि फैलियो र स्वीकार गरियो । यस्ता केन्द्र मानबहित एवम् सामाजिक दृष्टिकोणले एवम् समाजको आर्थिक सिद्धान्तमा आधारित थियो , जसलाई छापामार सैनिकको अनपढ मानसिकताले बुझ्न सक्दैनथ्यो । तैपनि आइ एन आर ए एक ट्यांकर या टेक्टर सार अगाडि बढ्न थाल्यो । जहाँजहाँ त्यो पुग्छ , त्यहाँ ठुला ठुला ठेकेदारहरुलाई ढलाउदै भु स्वामित्वको क्षेत्रमा नयाँ सामाजिक सम्बन्ध स्थापित हुँदै गए ।
क्युवाको यो भुमिसुधार कार्यक्रम अमेरिकी देशहरुका लागि महत्वपुर्ण छ । यो विशुद्ध सामन्तविरोधी थियो । ती सबै सम्झौता रद्द गरिदियो , जिसको कारणले लगानको रुपमा खाद्यान्न बुझाउनुपर्दथ्यो र मुख्य तथा सुर्ति उत्पादन क्षेत्रमा जुन चाकरी प्रथा थियो, त्यसको पनि अन्त गरिदियो । यो एक पुँजीवादी वातावरणमा यस्तो कृषिसुधार थियो , जसले अलग अलग वा संयुक्त रुपमा ठेकेदारहरुको दबाबलाई पनि अन्त्य गरिदियो । जनतालाई इज्जतका साथ आफ्नो जमिन जोत्नमा सक्षम बनायो तथा मालिक वा ठेकेदारको कुनै दवाब र डरबिना उत्पादन कार्यमा स्वच्छिक सहभागिता रह्रयो ।
यो कानुन लागु भएकै दिनदेखि ती गरिब किसान, खेतमजदुर जो खेतमा पसिना चुहाउँछन् , उनीहरुलाई भरोसा दिलायो कि उनीहरुलाई आवश्यक टेक्निकल कृषिसामग्री र आइ एन आए ए मार्फत वा स्टेट विक्री वितरणका लागि लोकभण्डार सङगठनले सहयोग गर्नेछ , जुन ओरिएन्ट प्रान्तमा विकसित भइसकेको छ भने अरु प्रान्तमा पनि विकासको प्रक्रियामा छ ।पुराना अभिजात महाजनको ठाउँमा स्थापित राजकीय भण्डारहरु न्यायपुर्ण दाम दिने गर्दछन् ।
यो परिस्थितिको बाबजुद पनि कृषिमा महत्वपुर्ण सुधार गरिदैछ । उत्पादनको क्षेत्रमा जस्तै धान , गहँु , तोरी र कपास आदिका लागि जमिनको संरक्षण गरिदैछ तैपनि राष्ट्र अझै सन्तुष्ट छैन । अझै कयौँचोटि भएका राष्ट्रिय स्रोतसाधनको बरामद गर्नुमा व्यस्तता छ । जमिनमुनिको खाद्यभण्डार , ठेकेदारहरुको खन्चुवापन, आफुहरु विच टकराब बनेको छ भने पेट्रोलियन कानुन लगभग हातमा लिइससिएको छ । अन्य कानुनसरह यसलाई पनि लागु गरिदैछ, जुन राष्ट्रिय आवश्यकता पनि हो र जनताको तत्कालिन माग पनि हो ।
जनता मुक्ति पाउन चाहन्छन् र आफ्नो अर्थव्यवस्थाको मालिक स्वयम् बन्न चाहन्छन् । आर्थिक समुद्धि र सामाजिक उच्च विकास हाँसिल गर्न चाहन्छन् ।यो पनि सत्य हो कि सरकारको यो कदमले तेलका ठेकेदारहरु डराएका छन् तर उनीहरुले नबुझेको तथ्य के हो भने यो देश बहुमुल्य इन्धनको भण्डारले भरिएको छ भने कम्तिमा त्यसले आन्तरिक आवश्यकता त पुर्ति होस् । यो उदाहरणबाट ल्याटिन अमेरिकी महाद्धीपमा छिमेकी राज्यहरुलाई पनि यो कुरा सोच्न बाध्य बनाएको छ कि उनीहरुलाई ती ठेकेदार कम्पनीहरुले लुटेको छ , ठगेको छ र उजाड बनाएको छ ।
आपसमा लडाइँ मच्चाएको छ । ती दुष्टहरुबीच भोकपुर्ति गर्न अन्तहिन युद्धमा फसाएको छ । क्युवाले ल्याटिन अमेरिकी महाद्धीपमा कारवाहीको सम्भावना देखिराखेको छ । ठिक ठिक समयमा यो कारबाही गरिनुपर्दछ । विशाल कारोबार भएका ठेकेदाहरु पनि खतरापुर्ण नजरले क्युवातिर हेरि राखेका छन् । क्यारेवियनको यो सानो द्धीपमा सर्वशक्तिशाली युनाइटेड फ्रुट कम्पनीको फाइदामा ठुलो चोट पुगेको छ , जुन राक फेलर र डायट्स गु्रपको साम्राज्यको संरक्षणमा थियो । उसको पनि क्युवाली क्रान्तिको अगाडि केही सीप चलेन ।
खनिज कानुन जनताको कसिलो जवाफ हो, जो बिगतमा शक्ति देखाएर , हवाइहमला गर्ने धम्की दिएर अगाडि बढ्न दिँदैनथे । यो देशको अर्थव्यवस्थाका लागि यो कानुन कृषि जति महत्वपुर्ण नभए पनि यसको नयाँ विशेषता भने जरुर छ । यसको निर्यात गरेबापत पच्चीस प्रतिशत टेक्स ती निर्यात कम्पनीहरुबाट प्राप्त हुनेछ । र,विदेशी ठेकेदार कम्पनी र आन्तरिक शोषकहरु पनि तह लाग्नेछन् । यसरी क्युवाको क्रान्तिले दुनियाँको आँखाको सामुन्ने अमेरिकामा एकविरुद्ध हाँैसला कायम गरेको छ। सिंडिकेट प्रणालीद्धारा गरिएको अवरोध पनि भत्काएको छ । एक समृद्ध जीवनका लागि प्रतिसाल अमेरिकी जनताको बीचमा सत्यताको आधी बनेर आएको छ। क्युवा नवजागृत जातीय भावनाको प्रतीक भएको छ भने फिडेल क्यास्ट्रो मुक्तिको प्रतीक बनेका छन् ।
गुरुत्वकर्षणको सामान्य नियमको साहारामा ११४००० वर्ग कि मी क्षेत्र र ६५ लाख जनसख्या भएको यो सानो द्धीपले अमेरिकी महाद्धीपमा उपनिवेशवादविरोधी सङ्घर्षको नेतृत्व सम्हालेको छ । जहाँ अन्य देशहरुमा रहेका बाधा अवरोधले क्युवाका वीर योद्धाहरुको चुनौतिपुर्ण तर शानदार चौकी खडा भएको छ। उपनिवेश अमेरिकी महाद्धीपको आर्थिक रुपले निर्वल देशमा विदेशी दलाल र ठेकेदाहरुका विरुद्ध एक निरन्तर सङ्घर्ष र कुनै कुनै बेला सशस्त्र सङ्घर्षको क्रमले राष्ट्रिय पुँजीवादको जग खडा भएको छ। स्वाधीनताको लाडाइँमा विस्तारै ठाँउ बन्दै गएको छ । यो सङ्घर्षलाई अगाडि बढाउन ती राष्ट्रहरुको सरकारसँग पर्याप्त शक्ति छैन ।
यो कुनै सजिलो काम पनि हैन न कि खतराबाट मुक्त ने । अमेरिकी महाद्धीपमा हामीले एक्लै रहेर सङ्घर्षको उठान गरेका छौ । यसका लागि जनताको समर्थन , आदर्शको भण्डार र बलिदानी भावनाको आवश्यकता छ । स साना देशहरुको सीधा हमलामा धरासायी भयो । अमेरिकी स्वाधीनताको सहिद मोरिलोको देश बोलिभिया तीन पटक सङ्घर्षको कठोर विन्दुमा पछारिएको छ ।यी नै उदाहरण थिए क्युवाली सफल क्रान्तिकरण , जो अधिकतम समृद्धि र अधिकतम त्रासदीको स्रोत पनि थिए ।
क्युवालाई यी उदाहरणको राम्रो ज्ञान छ । सफलतासँगै कठिनाइको पनि अनुभव छ । उसलाई यो पनि थाहा छ कि हामी दुनियाँको नयाँ युगको ढोकामा उभिएका छौ । एसिया र अफ्रिकाले राष्ट्रिय एवम् जनसङ्घर्षको शक्तिको कारण उपनिशदवादको पर्खाल भत्काइसकेको छ। धर्म, रीतिरीवाज र जातीय समानता जनताबीच एकता पैदा गर्न सक्दैन । एकता त त्यो ठाँउको आर्थिक एवम् सामाजिक परिस्थितिमा समानता र प्रगतिप्रति समान दृष्टिकोणमा भर पर्ने गर्दछ । यसरी एसिया र अफ्रिकाले बाँडूगमा हात मिलाइसकेका छन् । एसिया र अफ्रिका अब क्युवाको माध्यमद्धारा अमेरिकी महाद्धीपका अन्य उपनिवेश मुलुकसँग हात मिलाउन हवाना पुगिरहेका छन् ।
अर्काे तिर जनताको एकतावद्ध सङ्घर्षका अगाडि उपनिवेशवाद महाशक्ति केही होइन। बेल्जियम र हल्याण्ड साम्राज्य मजाकसावित भएका छन् । जर्मनी र इटली पन उपनिवेशबाट बञ्चित भइसकेका छन् । फ्रान्स हतास मनस्थितिमा हार बेहोदै लडाइँ लडिराखेको छ। भने कुटनीतिक चतुरता प्रदर्शन गर्दै इङ्ग्लैण्ड आर्थिक सम्बन्ध स्थापित गर्दै राजनीतिक सत्ता त्याग गरिराखेको छ जुन देशहरुले स्वतन्त्र जीवन सुरु गरेका छन्, तिनमा बिस्तारै अमेरिकी पुँजीवादले पुराना उपनिवेशीहरुको ठाँउ लिँदै गएको छ। उसलाई थाहा हुनुपर्छ, यो सब क्षणिक हो ।यी नयाँ क्षेत्रमा उसको वित्तीय पुँजी सुरक्षित हुनै छैन । साम्राज्यवादको पन्जा कमजोर भइसकेको छ। यी सबै ठाँउमा साम्राज्यवाद मृत्युको निकट छ ।
अमेरिका हाम्रो देशबाट बिदा भएको छ । पुँजीवादीहरुले २० गणराज्यमा प्रत्येकमा आफ्नो वर्चस्र्व राख्दै अंग्रेज क्लबको लोकतान्त्रिकसंस्करण प्रस्तुत गरेको छ ।
यो नै उत्तरी अमेरिकाको ठेकेदारी उपनिवेश क्षेत्र हो । उसको अस्तित्वको आधार हो । यदि ल्याटिन अमेरिकी जनता आफ्नो गरिमा र सङ्घर्ष कायम राख्न सके भने जसरी क्युवाले प्रदर्शन ग¥यो, तिनको ठेकेदारी डगमगाउन थाल्ने छ। उनले राजनीतिक , आर्थिक स्थितिमा तालमेल गर्नुपर्ने छ र नाफामा निकै कटौती गुर्नपर्ने छ। तर उनीहरु नाफा लुट्न पल्केकाले त्यो स्वीकानै कठीन हनेछ । क्युवा एक उदाहरण बन्न सफल भएको छ । जब कोही जनता मुक्तिको स्वर गुन्जाउन्छन् भने दोष क्युबालाई दिने गरिन्छ । यो सत्य हो किनकी क्युवाले मुक्तिको बाटो देखाएको छ । अजेय भनिने नियमित सेनाको विरुद्ध सशस्त्र जनसङ्घर्षको बाटो दुर्गम वस्तीहरुमा अभियान ताकि दुश्मन त्यहाँ पुग्दानपुग्दै थाकेर चुर हुन्छ। यही हो गरिमाको बाटो ।
क्युबा यसरी आफ्नो खट्टामा उभिएको छ। खतराहरुलाई जिस्क्याउँदै भविष्यतिर लक्किदैछ । उपनिवेश ठेकेदारहरु चैनले निदाउन पाएका छैनन् । कहिलेकाही घोषणा गर्दछन् , यसलाई ध्वंस गर अमेरिकी काँग्रेसमा प्रतिनिधिको पगरी लगाएर ठेकेदारका नोकरचाकर कराउँछन् , कम्युनिज्मको यस गढमा हस्तक्षेप जरुरी छ । ट्रष्टहरुका भ्रष्ट्र रक्षक भन्छन , क्युवाको स्थिति चिन्ताजनक छ हामीलाई थाहा छ उसको उद्देश्य के हो ? त्यसकारण त्यसलाई नष्ट गर ।
त ठीक छ क्युवालाई नष्ट गर्न चाहन्छन् भने तिनीहरुको हमलाको तरिका के के हुन सक्छ ? एउटा सम्भावना त आर्थिक नाकाबन्दी हुन सक्छ । यसको सुरुवात क्युवाका सबै बंक , उद्यमी , राष्ट्रिय बंैक र राज्यबंैक आदिलाई उत्तर अमेरिकाबाट मिल्ने ऋणमा रोक लागाएको छ भने हामीले पनि ऋण दिनका लागि रोक लगाइसकेका छौँ र सहयोगीमार्फत पश्चिमी युरोपीलाई पनि यही नीति लागु गराउने कोसिस गरिाखेका छौँ तर यतिले पुग्ने छैन।
ऋण दिन अस्वीकार गरेका कारण हाम्रो अर्थव्यवस्थामा निकै धक्का लाग्यो तर चाँडै व्यापारमा सन्तुलन कायम भइछाड्यो । किनकी , पीडित देश केहीबेर सङकट झेल्न बानि परिसकेको थियो । यतिले पनि पुगेन, क्युबाको चिनी निर्यातमा कोटा घटाउनेसम्मको आवाज उठ्न थाल्यो र त्यसरी दबाब दिन सुरु गरियो । फेरि उनीहरुले खुब सोचविचार गरे ।हिसाब गरे र भने कोटा रोक्नु खतरनाक हुन्छ र रद्द गर्नु असम्भव । किनकि अमेरिकाले सीधा चिनी लगेन भने पनि अरु देशले लाग्नेछन् । फेरि देशहरु देशमार्फत किन्नु पर्दा झन् महङ्गो पर्न जानेछ । र बीचमा अन्य देशले नाफा खानेछन् । यसकारण पनि ऊ कोटा रद्द गर्न असमर्थ भयो कि संयुक्त राज्य अमेरिकाले त्यहाँ भु बनौटको कारणले पनि सस्तो चिनी उत्पादन गर्न सक्दैन । उसको तुलनामा क्युबा त्यो देश हो , जहाँ सबभन्दा बढी र सबभन्दा सस्तो चिनी उपलब्ध गराउन सक्छ । र ,व्यापार लाभको ७० प्रतिशत हित अमेरिकालाई नै हुन सक्छ ।
तर ती ठेकेदारहरुले यतिसम्म बदला लिन खोजे कि क्युबाको उखुखेती भएको ठाउँमा बकवारीसमेत गरे । ( पछि थाहा भयो , त्यो विमान आफ्नै वमबिस्फोटमा क्षतिग्रस्त भयो र अनुसन्धानबाट अमेरिकी भएको पुष्टि भयो । फेरि अमेरिकाले माफी पनि माग्यो ) । त्यस्तै बिनाकारण हवाना बन्दरगाहमा क्युवाली सेनाको हतियार भण्डारमा समेत विस्फोट गराइयो ।कपासजस्तो कच्चा पदार्थ आपुर्तिले क्युबालाई असल गर्नेछ तर यो सबलाई थाहा छ विश्वमा कपास उत्पादन मनग्गे छ र यो असर अस्थायी हुनेछ ।
त्यस्तै इन्धन? यो चाँहि चिन्ताको कुरा अवश्य छ । कुनै पनि देशलाई इन्धन आपुर्तिबाट बञ्चित गरेर ठप्प पार्न सकिन्छ । र क्युवा त निकै कम प्रेट्रोलियम पदार्थ उत्पादन गर्न सक्छ । तर क्युवासँग त्यस्ता अन्य इन्धन छन्, जसको प्रयोगले वाफ इन्जिन चलाएन सम्भव हुन्छ र अल्कोहललाई पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै विश्वबजारको स्थिति हेर्दा अन्य विकल्प पनि हुन्न सक्छन् । जस्तो मिश्र देश बेच्न सक्छ, सोभियत संघले बेच्न सक्छ । सायद यराक पनि चाँर्ड बेच्ने हेसियतमा पुग्ने छ । त्यसैले कुनै शुद्ध आर्थिक राणनीति तयार गर्न भने असम्भव छ ।

हमलाको अन्य सम्भावनामा एक छ संयुक्त राष्ट्र संघ , जसले जरुर हस्तक्षेप गर्नेछ तर ठोस परिणाम निस्किने छैन । त्यस्तै आक्रमणको निशाना फिडेल क्यास्ट्रो पनि हुन सक्छन् । उनलाई हमला गरेर उपनिवेशवादीहरु रिस पोख्न चाहन्छन् । त्यस्तै अर्काे आक्रमणको सम्भावना छ । हाम्रो अन्तराष्ट्रिय एजेन्ट राहुल क्यास्ट्रो र यो लेखक चेग्वेभाराले आफुलाई भनेका हुन् । पछि गएर त्यो संभावना वास्तविकतामा परिणत भयो को पनि सफाया गर्न सक्कछन् । यदि यी तीनै जानालाई एकसाथ हमला सफल भयो भने प्रतिक्रियावादीले खुसीयाली र उत्सव मनाउने छन् तर खबरदार ठेकेदारहरु र उनका कारिन्दाहरु ती जनतालाई नर्बिस, जो सर्वशक्तिमान छन् । तिम्रो हरेक अपराधपुर्ण गतिविधि , षड्यन्त्रलाई असफल बनाएर छाड्नेछन् ।
अर्को ग्वाटेमालामा लागु गरिएको रणनीति हामीमा लागु गर्न पनि खोज्नेछन् । जस्तो हतियार कम्पनीहरुमार्फत् दबाब दिलाएर क्युवालाई कम्युनिस्ट देशहरुबाट हतियार किन्न बाध्य पार्ने र त्यही निहँुमा फेरि गोली बर्साउने षड्यन्त्र हुन सक्छ । यस्तै सन्दर्भमा हाम्रो सरकारमा एकजना सदस्यले भनेका थिए, हुनसक्छ , तिनीहरु हामीलाई कम्युनिष्ट भनेर हमला गर्न सक्छन् तर मुर्ख ठानेर सिध्याउन सक्ने छैनन् |
- छापामार युद्धबाट साभार







































































































































































































