लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको बाह्रो वार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।शर्माले समुदायको आर्थिक, सामाजिक विकास गर्ने सशक्त एवं प्रभावकारी माध्यम सहकारी भएको बताए ।
सहकारीले निम्न आय भएका गरिव, विपन्न तथा पछाडि पारीएका वर्गका व्यक्तिहरुलाई आर्थिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुको आर्थिक विकास संगसंगै शिक्षा, स्वास्थ्य, रोजगार एवं नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको पौडेलको भनाई थियो ।
उनले नेपालमा धैरै सहकारी संस्थाले प्रदान गर्ने सेवाहरु सदस्यमैत्री नभएकाले सहकारी संस्थाहरुले प्रदान गर्ने सेवा सदस्यमैत्री हुनुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा सिवाईसी नेपाल कमन्यूष्ट पाट्रीका रेमवहादुर थापा, नेपाली काँग्रेसका प्रेमलाल पोखरेल, राजमोका जिल्ला सचिव भिमलाल पोखरेल, वडिगाड गाउँपालिका. १ का अध्यक्ष बोमवहादुर थापा, सिवाईसी नेपाल खर्वाङ शाखाका केन्द्र व्यवस्थापक बेलु गिरी, त्यहाँ स्थित सहकारी संस्थाहरुको तर्फवाट गिरीङदी खोला जलविद्युत सहकारी संस्थाका बेलवहादुर थापा, विद्यालयहरुको तर्फवाट बेदप्रसाद पोखरेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाका अवसरमा प्रमुख अतिथी पौडेललाई सहकारी अभियानलाई उचाईमा पु¥याउनका लागि गरेको योग्दानको प्रशंसा गर्दै सम्मान पत्र र खादाबाट सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष ईश्वर थापाको अध्यक्षता, उपाध्यक्ष लिलादेवी थापाको स्वागत र सचिव समप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































