
भारतीय कप्तान विराट कोहली एक वर्षमा आइसीसीले प्रदान गर्ने तीन महत्वपूर्ण अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।
मंगलबार आइसीसीले उनलाई सन् २०१८ को प्रदर्शन मध्यनजरगर्दै आइसीसी वर्ष खेलाडी, आइसीसी मेन्स टेस्ट प्लेयर अफ द इयर, आइसीसी ओडिआई प्लेयर अफ द इयर प्रदान गरेको हो।
तीन महत्वपूर्ण अवार्डसँगै कोहलीलाई सन् २०१८ को आइसीसी टेस्ट र आइसीसी ओडिआइको सर्वश्रेष्ठ कप्तान समेत घोषित भए।
कोहलीले गतवर्ष १३ टेस्ट क्रिकेटमा १३ सय २२ रन बनाएका थिए। १४ ओडिआई खेल्दा १२ सय २ रन, त्यस्तै टिट्वान्टीमा २ सय ११ रन बनाउन सफल भए।
एक क्यालेण्डर वर्षमा आइसीसीको सबै महत्वपूर्ण उपाधि जितेर किर्तिमान राख्न पाउँदा आफू निकै खुशी भएको कोहलीले बताए।
‘रोमान्चक महशुस भइरहेको छ। यो गतवर्षको कडा परिश्रमको फल हो। मैले लगायत मेरो टिमले गतवर्ष निकै राम्रो खेल्यौ। आइसीसीको महत्वपूर्ण उपाधिबाट म अत्यन्त खुशी छु।’ उनले भने,‘मैले गौरान्वित महशुुस गरिरहेको छु। यस क्षणले अझ हौसला मिलेको छ।’ एजेन्सी