
प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन नियुक्त भएका छन्।यहि माघ १८ गते उनको कार्यकाल सकिँदै गर्दा सञ्चालक समितिले आगामी ४ वर्षको लागि शेरचनलाई सिइओमा नियुक्त गरेको हो।
उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ वर्षको बैंकिङ गरेको अनुभव छ।
प्रभु बैंकले ग्रान्ड बैंकसँग एकसाथ कारोबार सुरु गरेपछि सिइओको जिम्मेवारी शेरचनलाई दिइएको थियो। प्रभु बैंकको शेरचनलाई दोस्रो कार्यकालका लागि जिम्ेवारी दिइएको हो।
बागलुड बजारको राधाकृष्ण टोलमा जन्मिएका शेरचनले प्रारम्भिक शिक्षा विद्यामन्दिर माविबाट गरेका थिए ।अशोक शेरचन बुबा विष्णु प्रसाद शेरचन र आमा पार्वती शेरचनको कान्छा छोरा हुन ।शेरचनको नेतृत्वमा प्रभु बैंकले राम्रो बजार विस्तार गर्नुको साथै उपभोक्ताहरुको विचमा बैंकको उच्च छवि निर्माण गरेको थियो ।
उनको कार्यकालमा बैंकले सबै स्थानीय तहमा गएर ग्रामीण जनताहरुलाई बैकिक च्यानलबाट जोड्ने लक्ष्यमा अगाडि बढ्नुका साथै बैंकलाई जनताको विचमा भरोसा योग्य बैंकको रुपमा स्थापित गरेका छन ।हामीले बजारको आवश्यकता अनुसार देशको आर्थिक विकासलाई टेवा पुग्ने गरी विभिन्न कार्यक्रम ल्याउन लागेको शेरचनले नयाँ विश्वलाईं बताए ।