बागलुङ । बागलुङ नगरपालिकाले कुकुर होस्टेल मिर्नाण गरी सञ्चालन गरेको छ । बागलुङ नगरपालिकाले सामुदायिक तथा छाडा कुकुर व्यवस्थापन थालेको पहिलो चरणमा १० वटा कुकुरलाई राख्न थालेको हो ।
होस्टेलमा राख्न यतिबेला नगरपालिकाले छाडा छोडिएका कुकुर समाउने अभियान नै थालेको छ ।
५० वटा छाडा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा नागकिरलाई दुःख दिएका १० छाडा कुकुरलाई होस्टेल राखिएको बागलुङ नगपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले लामो समयदेखि छाडा छोडिएका कुकुर समाउने अभियान थाल्दै कुकुर उद्दार गरी बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा एक करोड खर्चेर जग्गा तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाह गर्न थालेको हो ।
बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा रु। १ करोड लागतमा कुकुर होस्टेल बनाएर कुकुर राख्न थालिएको हो ।
बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल बनाइएको हो । सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले दुई वर्ष अघि नै नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो ।
सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गरेको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
छाडा कुकुरका कारण दुर्घटना भएर मोटरसाईकल चालक घाइते भएको र स्थानीयलाई टोकेर रेबिज रोगसमेत लाग्न थालेपछि नगरपालिकाले करोड खर्चेर होस्टेल निर्माण गरेको हो ।
नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको, कुकुरको पहिचान गर्ने र औषधी र खोपको समेत व्यवस्था मिलाएको छ ।
दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको छ ।
पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको भनाई छ । कुकुर होस्टेल नेपालमै नमूना कार्यक्रम रहेको नगरपालिकाको भनाई छ ।














































































































































































































