१२ कार्तिक २०८३, बुधबार

 

गलकोटमा सवा १२ लाखमा खेलकुद मैदान बन्ने

गलकोट । गलकोट नगरपालिका ५ हरिचौर सरदाखेतमा फुटबल मैदान निर्माण शुरु गरिएको छ । पहिलो चरणमा सम्भाब्यता अध्ययन सुरु गरिएको हो ।
नगरपालिकाको १० लाख र वाड कार्यालयको २ लाख ५० हजारको लागतमा निर्माण कार्य सुरु गरिएको वाड अध्यक्ष नारायध्वज मल्लले बताए । अहिले जमिन सम्याउने, डाँडा कटाने काम चलिरहेको मल्ले बताए ।

गगनपानी दौडेनि सामुदायीक बनको थापाथुम थौरमा निर्माण हुने मैदान करिब ९० मिटर लम्बाई र ४५ मिटर चौडाई हुने निर्माण समितिका अध्यक्ष मनोज कार्कीले बताए ।
अधिकांश समथर भुभाग भएका कारण खेलमैदानका लागी उक्त ठाउ उपयुक्त मानिएको छ अध्यक्ष मल्ले भने यदि सम्भाब्यता अनुसार खेलमैदानका लागी उपयुक्त ठहरियो भने यसलाई मेरो कार्यकालमा बिशेष योजनामा राखेर काम गर्नेछु । उक्त ठाउमा बर्षौ पहिले थापाहरु बसेर खेतिपाती गर्ने भएका कारण थापाथुम भनिएको हो ।
निर्माण शुरु गरिएको मैदान समुद्री सतहदेखि १६, १७ सय मिटरको उचाईमा पर्छ । भबिष्यमा उक्त ठाउ बनभोज स्थलका लागी समेत प्रख्यात बन्न सक्ने स्थानियको भनाई छ ।


पर्यटकलाई सोहि खेलमैदान हुदै गलकोटको घुम्ट आजावतज गर्न समेत छिटो हुने भएकाले भबिष्यमा मैदानसँगै अतिथिहरुको लागि होम स्टे समेत सञ्चालन गर्न सकिने वाड कार्यालयले योजना बनाएको छ । फुटबल मैदान बनाउन एक करोड बढि खर्च हुने अनुमान गरिएको छ ।

मैदानका लागी एक साईटमा ३०, ३५ र अर्को साईटमा १० मिटर डाडाँ कटान गरेर खार्नुपर्ने अध्यक्ष मल्लले बताए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसै अनुरुप पनि गाँउ गाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् ।

गलकोटमा सानाठुला गरि करिब ४ वटा फुटबल मैदान छन् । गलकोट नगरपालिका १ दुदिलाभाटी चौराह, गलकोट बहुमुखि क्यापस गलकोट नगरपालिका वाड नम्बर ३, गलकोट नगरपालिका वाड नम्बर ८ काडेबास र गलकोट नगरपालिका वाड नम्बर ११ रिघामा छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung