४ श्रावण २०८३, सोमबार

 

ढोरपाटनमा भारी हिमपात, जलविद्युत आयोजनाका १८ पोल लडे, यातयात ठप्प

- जनजीवन कष्टकर बन्दै

टिकाराम भट्टराई,

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा गत माघ ११ गतेबाट लगातार परिरहेको हिमपातका कारण जनजीवन  निकै प्रभावित हुनुका साथै जनघनमा समेत क्षति पु¥याएको छ ।

नेपालकै एकमात्रै शिकार आरक्ष समेत रहेको ढोरपाटन शिकार आरक्षमा आज पनि बिहानै देखी भारी हिमपात भईरहेको छ । हिमपातका कारण नगरपालिका वडा नम्बर  ९ का  सर्वसाधारण निकै प्रभावित बनेका छन ।

भारी हिमपातका कारण मोबाई नेटवर्क तथा वडा नम्बर ९ मा रहेको भुजी खोला चौठो लघुजलबिद्युत आयोजना समेत अबरुद्ध बनेको  सञ्चालक समितिका अध्यक्ष केशब पुन मगरले बताए । लगातार पानीसँगै परेको हिमपातले  आयोजनाको १८ ओटा फलामका पोलहरु भाचिँएको र १० ओटा पोल बाङ्गिएको समेत पुनले बताए ।  करिब २२५ स्थानीयहरु लाभावित रहेका उक्त आयोजनाका उपभोक्ताहरु ३ दिन यता अध्याँरोमा बस्न बाध्य भएका छन ।

अहिले सम्म ढोरपाटनमा करिब करिब ४ फिट हिउँ परेको छ भने सुप्राङमा  करिब करिब   २ फिट सम्म हिउँ परेको स्थानियहरुले अनुमान गरेका छन । चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन भने गाई,भैँसी,भेडा र घोडालाई घासँ एवंम दाना संकलन गर्न गाह्रो भएको ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङका स्थानिय युवा धन बहादुर बिस्वकर्माले बताए ।

ढोरपाटन तथा निसीको उच्च क्षेत्रहरु हिमपातले डाँडा काडाँहरु अहिले ढाकिएका छन । लामो समयको खडेरीपछि पानीसँगै हिउँ परेपछि कृषकहरुले लगाएको जौँ र गहुँ बालीलाई राहत मिल्ने भएकाले पनि कृषकहरु खुशी देखिएका हुन ।

जिल्लाका उच्च पहाडहरुमा गत शुक्रबार बिहानै देखी हिउँ परिरहेको भए पनि तल्लो भागमा  पनि यतिखेर पानी परिरहेकोे स्थानीहरुको भनाई छ । लामो समय यता परेको हिउँमा खेल्नको निम्ति  तथा ढोरपाटनको हिमपातको मनोरम दृश्याबलोकन गर्न आन्तरिक पर्यटकहरु पुग्ने क्रम जारी छ ।

पछिल्लो समय ढोरपाटन अवलोकन गर्न हिँडेका विभिन्न जिल्लाका टोलीहरु अत्यधिक हिमपातले गर्दा ढोरपाटन नपुगी केहि तल रहेको फल्ले घरबाट फर्किरहेको स्थानिय युवा विश्वास बुढा मगरले बताए ।

भारी हिमपातले ढोर पुग्ने अवस्था त छैन बुढाले भने “तैपनि ढोरपाटनको हिमपात हेर्नको निम्ति भएपनि  आन्तरिक पर्यटक जसोतसो फल्लेघर सम्म आईरहेका छन ।” आउने जाने पर्यटकहरुलाई खान बस्नको निम्ति होटलको समस्या भने नरहेको बुढा मगरको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung